Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

बैतडी पशु विज्ञान कलेजका बिद्यार्थीहरु आन्दोलनमा

बैतडी, १० असार । बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका बिद्यार्थीहरु पठनपाठन ठप्प पार्दै संघर्षमा उत्रिएका छन् । कलेज प्रशासनले आफ्ना मागहरू प्रति बेवास्ता गरेको भन्दै बिद्यार्थीहरुले प्रशासन भवनमा तालाबन्दी गरेपछि हिजोबाट सम्पुर्ण शैक्षिक गतिविधि प्रभावित भएको हो । बिद्यार्थीहरु होस्टेलको मर्मतसम्भार अविलम्ब गरिनुपर्ने, कक्षाकोठा प्रविधिमैत्री बनाउनु पर्ने, स्वच्छ र नियमित खानेपानीको व्यवस्था गरिनुपर्ने, ल्याव तथा लाइब्रेरीको स्तरोन्नति गरिनुपर्ने, ल्यावका कर्मचारीहरुको शैक्षिक योग्यता निर्धारण गरिनुपर्ने, प्रयोगात्मक र आन्तरिक परीक्षा समयतालिका अनुसार नै हुनुपर्ने, गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने, खेलकुदका पुर्वाधारहरु बिकास गरिनुपर्ने लगायतका मागहरु राख्दै आन्दोलनमा उत्रिएका हुन् । पहिलो चरणको शान्तिपूर्ण आन्दोलनवाट माग पुरा नभएपछि दोस्रो चरणको आन्दोलन अन्तर्गत कलेज प्रशासनमा तालाबन्दी गरिएको संघर्षरत बिद्यार्थीहरुले निकालेको विज्ञप्तिमा जनाइएको छ । अबको वार्ता कलेज व्यवस्थापन समितिसँग मात्रै गर्ने भन्दै बिद्यार्थीहरुले अडान पनि लिएका छन् । बिद्यार्थीका जायज मागप्रति प्रशासन उदासीन भएकाले दबाबका लागि पठनपाठन ठप्प पार्नुपरेको आन्दोलनरत बिद्यार्थीमध्येका एक निर्मल भुषालले बताए । साथै, अर्का बिद्यार्थी सन्तोष अधिकारीले आन्दोलन रहर नभई बाध्यता भएको बताएका छन् । त्यस्तै, अर्का आन्दोलनरत बिद्यार्थी अनाम किरणले माग पूरा नभएसम्म कुनै पनि बहानामा आन्दोलन नरोकिने र तालाबन्दी पनि नखुल्ने जनाएका छन् । उता आक्रोशित बिद्यार्थीहरुले आज कलेज प्रशासन बिरुद्ध नाराबाजी गरेपछि वातावरण केही समय तनावग्रस्त बनेको थियोे । यस बिषयमा कलेज प्रमुख परमानन्द जोशीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन हुन सकेन । कलेजमा हाल देशका विभिन्न जिल्लाका दुई सय बिद्यार्थी अध्ययनरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: