Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

इयुमा बस्ने वा नबस्ने भन्ने विषयमा बेलायतमा जनमत संग्रह जारी

\"_90066518_polling2\"असार ९ लण्डन । बेलायत युरोपेली युनियनको सदस्यका रुपमा बस्ने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत सङ्ग्रह सुरु भएको छ । बिहीबार बिहान ७ बजेदेखि नै यस विषयमा बेलायतमा जनमत सङ्ग्रहका लागि मतदान सुरु भएको लन्डनबाट विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान ७ बजेदेखि विद्यालय, पुस्तकालय, चर्च र सामुदायिक केन्द्रहरुमा जनमत सङ्ग्रहका लागि मतदानका लागि मतपेटिका राखिएको बताइएको छ । लन्डनबाट प्राप्त समाचारहरुमा मतदान प्रक्रिया बिहान सात बजेबाट सुरुभएको छ । यस जनमत सङ्ग्रहमा दशौँ लाख बेलायतीले मतदान गर्नेछन् । मतदान सकिएपछि मतगणनाको कार्य जतिसक्दो चाँडै सुरु गरिने बताइएको छ । यसका लागि ३८२ वटा मत गणना केन्द्रको स्थापना गरिने छ । त्यस्तै वेल्स र स्कटल्याण्ड तथा उत्तरी आयरल्याण्डमा पनि यस प्रयोजनका लागि अलग्गै स्थानमा यस्ता मतगणना केन्द्रहरु राखिने बताइएको छ । मतदानको काम बिहीबार बिहान ७ बजेदेखि राति १० बजेसम्म नै राखिएको छ । त्यतिन्जेल बेलायतका सबै स्थानमा मतदान भइसक्ने अधिकारीहरुले जनाएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार बेलायतका करिब ४ करोड ६० लाख नागरिक यस मतदानका लागि योग्य रहेका छन् । प्ररम्भिक निर्वाचन सर्वेक्षणहरुले भने बेलायत युरोपेली युनियनमा बस्नुपर्ने भन्ने विषयको मत बढी देखिएको छ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुन पनि इयुमा बस्नुपर्ने पक्षमा रहेका छन् । उनले बेलायतले युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि त्यहाँ बस्दा बढी राम्रो हुने बताएका छन् । उनले बुधबार दिएको यस्तै भावुक अभिव्यक्तिमा सो धारणा राखेका हुन । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending