Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

युवा बेचेर देश चलाउने शासकहरुको नाममा

[caption id=\"attachment_79577\" align=\"alignleft\" width=\"200\"]\"लेखक लेखक[/caption] असार १ गते कान्तिपुर दैनिकको पहिलो पृष्ठमा एउटा समाचार छापिएको थियो । ‘पढ्न विदेशिने बढेको बढ्यै’ शिर्षकमा छापिएको उक्त समाचारमा यही आर्थिक वर्षको वैशाखसम्म ३१ हजारले विदेश जान शिक्षा मन्त्रालयबाट अनुमति पत्र लिएको उल्लेख छ । जसमध्ये अस्टे«लियामा जान चाहाने मात्रै ६ हजार ५ सय जना छ । धेरै जसो विद्यार्थीहरु चिकित्सा शिक्षा पढ्न जाने गरेको उल्लेख छ । चिकित्सा शिक्षा पढ्न कम्तिमा ३५ लाख रुपैयाँ लाग्ने पनि समाचारमा उल्लेख छ । त्यसको केही दिन अघिमात्रै कान्तिपुर दैनिककै अघिल्लो पृष्ठमा सम्बन्ध विच्छेदका घटनाहरु बढे, भन्ने समाचार प्रकाशित भएको थियो । उक्त समाचारका अनुसार सम्बन्ध विच्छेद हुनेमा अष्ट्रेलिया जापान, अमेरिका गएकाहरुको होइन अधिकांस खाडीमा रोजगारीका लागि गएका मानिसहरुको परिवार भत्किएको उल्लेख थियो । माथिका दुईवटा समाचार प्रकाशित भएको केही हप्ता वित्दानबित्दै अफगानिस्तानको काबुलमा १२ जना नेपाली कामदारको हत्याको खबर सनसनीपूर्ण फैलियो । परराष्ट्र मन्त्रीले सदनमा जानकारी गराउनेदेखि नेपाल सरकारले शव लिन नेपाली ध्वजा बहाक विमान पठाउनेसम्मको दायित्व पुरा ग¥यो । महामहिम राष्ट्रपतिले त सिधै उताका राष्ट्रपतिलाई फोन गरिन् भन्ने समाचार आयो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले समवेदना र आक्रोश एकैसाथ प्रकट गरे । देशका ठूला पत्रिकाहरुले मृतकको आफन्तको आँशु तुरुन्तै ‘हटन्युज’ बनाएर छाप्न भ्याए । मारिएका आफन्तको मोबाइल पत्रकारकालागि नै किनी दिएको जस्तो भयो । इराकमा १२ नेपालीका हत्या भयो । विषय त्यतिकै सेलायो । दिनहुँ कफिनमा आउँछन् नेपाली । सयौं कामदार खाडी मुलुकहरुमा कोमामा रहेको समाचार आउन रोकिएको छैन । लाखौं विदेशिने क्रम बढेको बढ्यै छ । यसको कारण के होला ? किन यस्तो भइरहेको छ ? यसको दोषी को हो ? यसको दोषी गरिवी हो या गरिव बनाइदिनेहरु हो ? यसप्रति ध्यान जानु आवश्यक देखिन्छ ।
लाखौं विदेशिने क्रम बढेको बढ्यै छ । यसको कारण के होला ? किन यस्तो भइरहेको छ ? यसको दोषी को हो ? यसको दोषी गरिवी हो या गरिव बनाइदिनेहरु हो ?
ओली सरकारको भर्खरै पारित भएको बजेटबाट केही महत्वाकांक्षी योजनाहरु पारित भए । जसमध्ये कुल ग्रार्हस्थ उत्पादनको ३२ प्रतिशत योगदान रेमिट्यान्सले गरेको कुरा स्विकारिएको मात्र छैन, रेमिट्यान्स नभए देशको अर्थतन्त्र नै धरासाही भएर जाने अर्थविद्हरुले बताइनै सकेका छन् । चालु आर्थिक वर्षमा ३२ प्रतिशतमात्रै होइन त्यो भन्दा बढि रेमिट्यान्सबाट योगदान हुनसक्ने ओली सरकारको अपेक्षा रहेको छ । यसबाट प्रष्ट देखिन्छ, जति युवाहरु बेच्न सक्यो उति देश विकास हुन्छ । [caption id=\"attachment_79604\" align=\"alignleft\" width=\"819\"]\"death_body_airport\" फाइल तस्विर[/caption] अब हामी सजहै अनुमान लगाउन सक्छौं । नेपाली शासकको आँखामा काबुलमा मारिएका १२ नेपाली को हुन् ? के उनीहरु मानिस हुन् ? होइनन्, मारिनेहरु विक्रिका लागि बेचिएका माल हुन् । बेचिएका मालहरु मध्ये कुनै केही हुनसक्छ । त्यसमा के को आपत्ति ? वर्तमान शासन सत्ता र व्यवस्थाको आँखामा तिनीहरु तोरीका दानासरह हुन् । जसलाई जति पेल्यो त्यति तेल निस्कन्छ । देशबाट जति बढि युवाहरु बेच्न सक्यो उति देश विकास हुन्छ । प्रष्ट छ, शासकहरु विदेशिएका युवाहरुको लासमाथि टेकेर समृद्धिको गफ हाँकिरहेका छन् । शासन सत्तामा बस्नेहरुको मनमा भएको खास कुरा यही हो । उनीहरु आज समवेदना प्रकट गरिरहेका छन् । ती सहानुभूति र समवेदनाहरु फगत गोहीका आँशु हुन् । शासन सत्तामा बस्ने ठूला कर्मचारीका छोराछोरीदेखि नेताका छोराछोरीसम्म विकसित मुलुकमा उच्च शिक्षा हासिल गर्न गएका छन् । उनीहरु पढ्नुपर्छ । भोली अरबबाट फर्कनेहरुलाई शासन गर्ने तिनीहरुनै हुन् । गरीवीको रेखामूनि पारिएका नेपालीहरुलाई घरबार बन्दकी राखेर काबुलदेखि इराकसम्म, इजरायलदेखि साइप्रससम्म यही नेपाल सरकारले बेचिरहेको छ । सत्तामा बस्नेहरु भन्दैछन् ‘देश विकास गर्ने भए विदेश जाउ, पैसा कमाउ । यही हो गणतन्त्र भनेको ।’
शासकको आँखामा काबुलमा मारिएका १२ नेपाली को हुन् ? के उनीहरु मानिस हुन् ? होइनन्, मारिनेहरु विक्रिका लागि बेचिएका माल हुन् ।
विडम्बनानै मान्नुपर्छ गणतन्त्र आएपछि झनै मानिसहरु रोजगारीका लागि भौतारिदै विदेशिनु परेको छ । यसको एउटै कारण हो, नवउदारवादी अर्थनीति । समाजवादउन्मुख भनिएको देशमा पुँजीवादले विकास गरेको आर्थिक नीति भन्दा छुट्टै बैकल्पिक नीति निमार्ण गर्नु पथ्र्यो । तर कागजमा समाजवादतिर जाने भन्ने वाक्यांश लेखिराखेर देश दलाल पुँजीवादको गोटी बन्नतिर लाग्यो । उपभोक्तावाद, नीतिकरण र सांस्कृतिक भूमण्डलीकरण जस्ता पुँजीवादका अस्त्रहरुले देशलाई छिया छिया बनाउन शासकहरुले भूमिका खेलिरहेका छन् । राजनैतिक रुपमा प्राप्त भएका उपलब्धीहरु न अर्थनीतिद्धारा संस्थागत गर्ने जमर्को देखिन्छ, न संस्कृतिबाट । उल्टै पुँजीवादको दैलोमा लम्पसार परिरहेको अवस्था देखिन्छ । यी सबै पर्यावरणकाबीच आज १२ नेपाली मारिए भनेर उच्च ओहोदामा बसेकाहरु गोहीको आँशु झार्नुको कुनै तुक छैन । १२ जना होइन, १२ हजार नेपाली एकै पटक हताहत हुँदापनि राज्यले भन्ने र गर्ने यति हो । राज्य आफै नीतिनिमार्ण गरि युवाहरुलाई गुलाम बनाउन विदेश पठाइरहेको छ, अनि यस्तो बेला आँशु झारेको नक्कल गर्ने राज्यको अभिनयलाई हामी चुपचाप पत्याइरहेका छौं ।
कागजमा समाजवादतिर जाने भन्ने वाक्यांश लेखिराखेर देश दलाल पुँजीवादको गोटी बन्नतिर लाग्यो ।
यस्ता घटनाहरु सामान्यीकरण बनाइदैछ । धार्मिक अतिवादीहरुलाई दोष दिएर, गैरकानुनी ढंगले किन गएको ? भनि उल्टै दोषारोपण गरेर सरकार चोखिन खोज्दैछ । यसले मानवीय समवेदनाको मृत्यु हुने क्रमलाई बढाइरहेको छ । दुखेको थाहै नपाउने, दुख्दा दुख्दै दुखाई सहन अभ्यस्त पार्ने, ‘यस्तै त रहेछ नी’ भन्ने जस्ता प्रतिरोधात्मक चेतनालाई नष्ट पार्ने काम नेपालमा तिव्र गतिमा सुसुप्त ढंगले भइरहेको छ । यस प्रति युवाहरु सचेत भएर लाग्नु पर्ने भएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending