Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

छलफल नगरी र विकल्प नदिई प्लाष्टिक उद्योग बन्द गरेकोमा आपत्ति

काठमाडौं, सरकारले आगामी बैशाखबाट प्लाष्टिकको झोला उत्पादन बन्द गर्ने भनि गरेको निर्णय हचुवाको भरमा उद्योगीहरुलाई विकल्प नदिई गरिएको भन्दै नेपाल प्लाष्टि उत्पादक संघले कडा आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल प्लाष्टिक उत्पादक संघले आफूहरुसँग कुनै परामर्श नै नगरी विना विकल्प सरकारले उक्त निर्णय लिएको भन्दै आफूहरुलाई तत्का उचित विकल्प नदिए कडा भन्दा कडा संघर्षमा उत्रने चेतावी दिएको हो । संघका पूर्व अध्यक्ष शैलेन्द्र प्रधानले वातावरण मन्त्रालयले आफूहरुसँग छलफल नै नगरी हचुवाको भरमा निर्णय गर्दा करोडौ लगानी र ३५ हजार बढीको रोजगारी खोसीने स्थिति उत्पन्न भएको भन्दै छलफल नगरी गरेको निर्णय मान्न आफूहरु बाध्य नभएको बताए । उनले भने,‘सरकारले तत्का उक्त निर्णय फिर्ता गर्नुपर्छ ।’ उनले प्लाष्टिक मानव जिवनसँग जोडिएको विषय भएको भन्दै मन्त्रालयको निर्णय उपभोक्ता अधिकार र उद्योग स्थापना गरेर मुलुकलाई समृद्ध बनाउने मान्यता विरुद्ध भएको दावी गरे । उनले भने–मन्त्रालयको निर्णयले कुनै पनि उत्पादन प्रयोग गर्न पाउनु पर्ने उपभोक्ताको नैसर्गिक अधिकारको हनन गरेको छ । हजारौको रोजागरी खोसेको भने करोडौ लगानी डुबाएको छ । संघका अध्यक्ष शरद शर्माले मजदुर र उद्योगी मारा निर्णय तत्काल फिर्ता लिन माग गर्दै यसले बेरोजगारी बढाउने र उद्योगमा लगानी गर्नेलाई निरुत्साहित गर्ने काम भएको भन्दै गुनासो पोखे । शर्माले मानवको जन्मदेखि मृत्यूसम्मको जिवनसँग जोडिएको प्लाष्टिकको झोला बन्द गराउने निर्णयको विषयमा आफूहरुसँग प्रयाप्त छलफल नगरेको भन्दै तत्काल निर्णयफिर्ता लिन माग गरे । उनले भने,‘अहिलेको परिस्थितमा प्लाष्टिकको झोला विनाको जिन्दगी कल्पना समेत गर्न सकिँदैन, त्यसैले सरकारले उसको लागि उचित व्यवस्थापन गर्नुपर्छ ।’ अध्यक्ष शर्माले सरकारले लिएको उक्त निर्णयले आफूहरुलाई घरको न घाटको अवस्थामा पु¥याएको भन्दै तत्काल आफूहरुलाई उचित विकल्प दिईए सरकारको निर्णय मान्न सकिने धारणा राखे । उनले आफूहरु अहिले नै उद्योग बन्द गर्ने पक्षमा नरहेको उल्लेख गर्दै भने,‘हामी सरकारसँग विभिन्न चरणमा छलफल तथा सम्वाद गछौं, यो विचमा सरकारले हामीलाई उचित विकल्प देखायो भने हामी आन्दोलनमा जाँदैनौ होईन भने हामीसँग सडक संघर्षमा जानुको विकल्प छैन ।’ कार्यक्रममा संघका महासचिव सन्तोषकुमार सेढाई, महासंघका केन्द्रीय सदस्य रामकृष्ण ढुँगेल, नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष कुमार सापकोटा, नेपाल स्वरोजगार व्यापार श्रमिक संघका प्लाष्टिक विभाग ईन्चार्ज नारायणप्रसाद रिमाल लगायतले सरकारले लिएको उक्त निर्णयले आफूहरुलाई ठूलो आघात पुगेको भन्दै तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा होमिने चेतावनी दिएका छन् । कार्यक्रममा वातावरण मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending