Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

धमाधम समातिन थाले विप्लवका कार्यकर्ता

\"biplab- काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । दूरसञ्चार प्रदायक कम्पनी एनसेल टावरमाथि एकपछि अर्को ठाउँमा आक्रमण गरेपछि प्रहरीले विप्लवका कार्यकर्तालाई खोजी थालेको हो । विप्लव माओवादीले दाङ, चितवन, अर्घाखाँची तथा पूर्वदेखि पश्चिमका जिल्लाहरुमा अवस्थित एनसेल टावरहरुमा आक्रमण गरेपछि प्रहरीले विप्लव कार्यकर्ताको खोजी गर्नुका साथै एनसेल टावरहरुमा सुरक्षा सतर्कता पनि बढाएको छ । एनसेल टावरमा मात्र होइन, जुनसुकै टावरमा पनि ध्वस्त पार्ने विप्लवले नै सामाजिक सञ्जालबाट चेतावनी दिएपछि प्रहरीले विप्लव कार्यकर्तालाई खोजी खोजी पक्राउ गर्न थालेको छ । विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेदेखि नै कार्यकर्ताले सार्वजनिक सवारीमा आगजनी, तोडफोड, सरकारी उच्च अधिकारीमाथि भौतिक आक्रमण, दुब्र्यहार, विभिन्न ठाउँका जमिन कब्जा गर्नुका साथै पछिल्लो समय एनसेल टावरमाथि आक्रमण तीब्र पारेका छन् । एनसेल टावरमा आगजनी गरेको आरोपमा शनिवार चितवनबाट थप एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिप्लंगा गाविस–९ खोटाङ घर भई चितवनको भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राईलाई प्रहरीले पक्राउ गरेको हो । भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । राईलाई आगजनीअन्तर्गत शुक्रबार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एनसेल टावरमा आगजनी गरेको आरोपमा दर्जन बढी कार्यकर्ता पक्राउ परिसकेका छन् । विभिन्न बाहनामा आफ्ना कार्यकर्तालाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै विप्लव माओवादीले बिनाशर्त रिहाइ गर्न माग गर्दै आएको छ । कार्यकर्ता पक्राउ गरेको विरोधमा जेठ २७ गते विप्लव माओवादीले नेपाल बन्द नै गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE