Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

समर्थकको उपद्रोबीच, चेकको शानदार पुनरागमन, स्पेन नकआउटचरण पुग्यो

\"flares\"काठमाडौं । युरोकप ०१६ को समुह ‘डी’ अन्तर्गत शुक्रबार बेलुकी भएको खेलमा क्रेएशियासँग २–० ले पछि परेको खेलमा चेक गणतन्त्रले शानदार पुनरागमन गरेर बराबरी गर्यो । समर्थकको उपद्रोका कारण खेल नै अवरुद्ध भएको थियो । ८६ औं मिनेटमा क्रोएसियाली इण्डबाट मैदानमा फ्लेयर्स प्रहार भएको थियो, जसले खेल अरुवद्ध भयो । खेलका क्रममा क्रोएसिया र चेक रिपब्लिकका समर्थकहरु एकआपसमा भिडेका समेत थिए । क्रोएशियाले झण्डै एकपक्षिय बनाएको खेलमा ३७ औं मिनेटमा इभान पेरासिच र ५९ औं मिनेटमा बार्सिलोनाबाट क्लब फुटबल खेल्ने राकिटिकले गोल गरेपछि २–० ले अगाडी थियो । खेलको ७६ औं मिनेटमा चेकका मिलान स्कोदाले लामो हेड गोलबाट खेलमा फर्कने आशा संकेत गरे । ८९ औं मिनेट क्रोएशियाका लागी दूखद बन्यो । उसका रक्षक जोमाजोड भिडाले ह्याण्ड गरेपछि चेकले पेनाल्टी पायो । पेनाल्टीको अवसर सदुपयोग गर्दै ८६ औं मिनेटमा सव्सिच्युट खेलाडीका रुपमा मैदान छिरेका टोमस नेसिदले गोल गरे । अघिल्लो खेल स्पेनसँग १–० ले हारेको चेक गणतन्त्रको बराबरीबाट १ अंक जोडिएको छ भने अघिल्लो खेलमा टर्कीसँग १–० को जित निकालेको चेक २ खेलबाट ४ अंक जोडेको छ । चेक अब नकआउटचरण पुग्न समुहचरणको अन्तिम खेल स्पेनसँग जित ननिकालेपनि कम्तीमा बराबरी खेल्नुपर्छ या चेक गणतन्त्र टर्कीसँग हार्नु वा बराबरीमा खेल्नुपर्छ । स्पेन नकआउट चरणमा \"spain-750\"यसैगरी शुक्रबार मध्यराति भएको खेलमा स्पेनले टर्कीलाई ३–० ले पराजित गर्दै नकआउटचरण पक्का गरेको छ । साविक विजेता स्पेनका मोराटाले पहिलो हापको ३४ औं र दोस्रो हापको ४८ औं मिनेटमा गरी २ गोल गरेका थिए भने नोलिटोले पहिलो हापको ३७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । एकतर्फी रुपमा स्पेन हावी भएको खेलमा युरोकप अन्तर्गत एकै टिमले एक खेलमा सबैभन्दा बढी ३ गोल गरेको यो नै पहिलो हो । यसपछिको समुहचरणको अन्तिम खेल स्पेनले क्रोएशियासँग खेल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending