Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

के भन्छन् : एसएलसीको ग्रेडिङ सिष्टममा उत्कृष्ट भएकाहरु ?

\"SLCकाठमाडौं । दायाँ हातमा काम्रो बाँधेर परीक्षा दिएका कोटेश्वर निवासी सौरभ पोखरेलको नतिजा कस्तो होला भनेर अभिभावकलाई चिन्ता हुनु स्वाभाविक थियो । बिहीबार सार्वजनिक २०७२ सालको एसएलसी परीक्षामा पोखरेलले ‘ए प्लस’ श्रेणीमा ३ दशमलव ९ स्तरीकृत ग्रेड ल्याएपछि अभिभावकमा खुसी छायो । मीनभवनस्थित भिएस निकेतनमा शिशु कक्षादेखि पढेका सौरभ यसअघिका परीक्षामा पनि उत्कृष्ट हुँदै आएका थिए । उनले गत टेस्ट परीक्षामा ९४ प्रतिशत ल्याएका थिए । कुल ४ ग्रेडलाई उच्चतम ग्रेडलाई एक सयले गुणा गरी चारले भाग गर्दा सौरभले पाएको कुल प्रतिशत ९७ दशमलव ५ हुन्छ । विगतका वर्षमा त्यति प्रतिशत ल्याउने विद्यार्थी मेधावी वा उत्कृष्ट घोषित हुन्थे । यसपटक अक्षराङ्कन प्रणालीमा सुरु भएको परीक्षाले विद्यार्थी र अभिभावकमा परिणाम बुझ्न र बुझाउन अन्योल उत्पन्न भए पनि निजी विद्यालयले ग्रेडलाई प्रतिशतमा निकाल्दै प्रचार पनि गरेका छन् । स्थायी घर धनुषाको बेगाडाबर रहेका सौरभका आमा मञ्जु पोखरेलले भनिन – ‘परीक्षा हुनु चार दिनअघि लडेर हात भाँच्चिएको थियो, सहयोगी राखेर लेखाउँदा पनि राम्रो नतिजा ल्यायो । हामी खुसी छौँ ।’’ उनका बुबा गोविन्द पोखरेल वीर अस्पतालमा प्राविधिक हुन। मध्यबानेश्वर स्थितको रत्नराज्यलक्ष्मी उमाविमा परीक्षा केन्द्रमा ० २९९२०० ‘आर’ सिम्बोल नम्बरका साथ परीक्षा दिएका उनलाई जोसेफ हाइस्कुल, जोरपाटीका कक्षा ९ का स्वतभ आचार्यले सहयोगी भई परीक्षामा लेख्न सघाएका थिए । भिएस निकेतनका संस्थापक प्रिन्सिपल डा बाबुराम पोखरेल सौरभको नतिजाबाट विद्यालयमा पनि उत्साह छाएको बताए । त्यसो त, सो विद्यालय धेरैपटक उत्कृष्टमा आइसकेको छ । सौरभ स्वयम्लाई चाँहि यो नजिताले आश्चर्य दिएको छैन, किनकी उनले त्यति आउने अपेक्षा गरेका थिए । अब उनी व्यवस्थापन पढ्ने लक्ष्यका साथ अघि बढेका छन् । कपनस्थित जोसेफ स्कुलकी प्रिया धितालले ३ दशमलव ९ ग्रेड पोइन्ट ल्याएकी छिन् । विद्यालयका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले छात्रातर्फ धितालको सो ग्रेड सर्वात्कृष्ट हुन सक्ने दाबी गरे । भक्तपुरस्थित मोडर्न आवासीय विद्यालयका आकाश दाहाल र सारिका खड्काले पनि ३ दशमलव ९५ ग्रेड पोइन्ट ल्याएपछि सो जिल्लामा उनीहरु उत्कृष्ट भएको मानिएको छ । स्तरीकृत अङ्क ३ दशमलव ८० ल्याउने मालीगाउँस्थित अनमोल ज्योति माविका गरिमा आचार्य ९सिम्बोल नम्बर ०३१०२५४‘‘भि’० चाहिँ विज्ञान पढ्ने धोकोमा छिन् । यसलाई प्रतिशतमा निकाल्दा ९५ हुन्छ । रेडियो नेपालका पत्रकार भुवन आचार्यका छोरी गरिमालाई त्यो भेगकै विद्यालयमध्येकी प्रथम मानेर सम्मानित गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE