Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

एचपी ग्यास विक्री वितरणमा प्रतिबन्ध

\"HPकाठमाडौं । खाना पकाउने एलपी ग्यास सिलिण्डरहरु मध्येको एक एचपी ग्यासमाथि सरकारले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । एचपी ग्यास विस्फोटमा परी ललितपुरमा तीन जनाको मृत्यु भएपछि सरकारले उक्त कम्पनीको ग्यास विक्री वितरणमा रोक लगाएको हो । गत जेठ ७ गते ललितपुर मंगलबजारमा ‘एचपी ब्राण्ड’को ग्यास बिस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथ घर जलेर भौतिक सम्पत्तिसमेत नष्ट भएको थियो । ललितपुरको घटनामा स्थानीय सुरेश ताम्राकार, धु्रव र रोजेश ताम्राकारको मृत्यु भएको थियो । ग्यास विस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि आन्दोलन चर्किएको थियो । एचपी ग्यासको गुणस्तरको विषयमा प्रश्न उठेपछि तत्कालको लागि बिक्रीबितरणमा बन्देज लगाइएको आपूर्ति मन्त्री गणेशमान पुनले बताए । उक्त घटनाको रिपोर्ट नआउँदासम्म विक्री वितरणमा रोक लगाइएको मन्त्री पुनले बताए । सिलिन्डरको थप मापदण्ड बनाएर गुणस्तर जाँच्न निर्देशन दिएको पनि उनले बताए । मन्त्री पुनको अध्यक्षतामा बसेको बैठकले उक्त कम्पनीको ग्यासको पीडीओसमेत रोक्का गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । पीडीओ रोक्का गरेपछि अर्को निर्णय नहुँदासम्म उक्त कम्पनीले भारतबाट ग्यास आयात गर्नसमेत पाउने छैन । ग्यास सिलिण्डरको गुणस्तरबारे छानबिन भइरहेको छ । ग्याउ उद्योगी तथा विक्रेताले भने सिलिण्डरको गुणस्तरमा कमी भएको नभएको नभइ उपभोक्ताकै लापर्बाहीले घटना घरेको दाबी गरेका छन् । तामाका भाँडा बनाउने उद्योगमा ग्यास र अक्सिजन सिलिन्डर जोड्ने क्रममा एचपी ग्यास पड्किएको थियो । उक्त घटनाको अध्ययन गर्न आपूर्ति व्यवस्था विभागका निर्देशक लक्ष्मण क्षेत्रको संयोजकत्वमा गठित समितिले छानविन गरिरहेको छ । उद्योग विभागले ग्यास उद्योग सञ्चालनको लागि अनुमति दिए पनि अन्य पूर्वाधार र मापदण्डको विषयमा चासो नदिँदा यस्ता समस्या आउने गरेको नेपाल आयल निगमले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: