Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सबैलाई आफ्नो धर्म संस्कृति मान्ने अधिकार छ – गृहमन्त्री

\"shakti-basnet\"काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको संविधानअनुसार सबै नेपालीलाई आफ्नो धर्म र संस्कृति मान्ने अधिकार भएको बताएका छन् । गृह मन्त्रालयमा बुध बार राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले संविधानले कुनै पनि जातजाति, भाषाभाषी, धर्म संस्कृतिलाई विभेद नगरेको अवगत गराए । महासङ्घले गत जेठ २८ गते दोलखाका विद्यालयमा भूकम्पसम्बन्धी सचेतना कार्यक्रम गर्ने क्रममा ख्रीष्टियन समुदायका आठ जना व्यक्तिलाई प्रहरीले धर्म प्रचारको आरोपमा पक्राउ गरेको जानकारी गराउँदै उनीहरुको रिहाइको माग गरेको थियो । सबैलाई स्वतन्त्रतापूर्वक आ–आफ्नो धर्म र संस्कृति मान्न पाउने र वकालत गर्ने अधिकार भए पनि त्यसका लागि समय, स्थान र सन्दर्भका बारेमा ध्यान पु¥याउन आग्रह गर्दै मन्त्री बस्नेतले भने, “विद्यालयमा धार्मिक कार्यक्रम गर्नु उपयुक्त होइन ।” उनले धार्मिक विषयका घटनालाई कसैले पनि अनावश्यक रुपमा विवादमा नल्याइदिन पनि आग्रह गरे । कार्यक्रममा महासङ्घका महासचिव सिबी गहतराजले ख्रीष्टियन समुदायले सबै धार्मिक समुदायलाई सम्मान गर्दै धार्मिक सद्भाव र एकता चाहेको बताउँदै भने , “हामी कसैको पनि धर्म जबर्जस्ती परिवर्तन गर्न चाहँदैनौँ । नागरिकले आफ्नो धर्म मान्न पाउने, छान्न पाउने र अभ्यास गर्न पाउने अधिकारलाई कसैले पनि बन्देज गर्न हुँदैन ।” दोलखा प्रहरीले धर्म प्रचार गरेको आरोपमा जेठ २८ गते बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल र भीमबहादुर तामाङलगायत चरिकोटस्थित माउन्टभ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाहीलाई पक्राउ गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending