Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

ओली नसुध्रिएको प्रचण्डको ठहर

\"oli_prachanda\"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कहिल्यै नसुध्रिने निष्कर्ष निकालेका छन् । पछिल्लो समय द्वान्दकालिन मुद्धाप्रति ओलीले गरेको बेवास्तालाई लिएर बढेको तित्ततापश्चात प्रचण्डले ओलीको उत्ताउलो र उत्तेजिक रबैया नसुध्रिने निष्कर्ष निकालेका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका एक सदस्यका अनुसार प्रचण्डले आजकाल आप्mना सहकर्मीहरु नारायणकाजी श्र्रेष्ठ तथा राम बहादुर थापा बादलसँग ओलीसँगको सहकार्य सजिलो नरहेको बताउन थालेका छन् । प्रचण्डलाई उदृत गर्दै ति नेता भन्छन्–‘कांग्रेसले गरेको प्रधानमन्त्रीको प्रस्ताव लत्याउँदै राष्ट्रियताको पक्षमा ओलीलाई गरेको समर्थन पश्चात नै ओलीको छवि राष्ट्रवादीको रुपमा बदलियो तर माओवादी सरोकृत मुद्धामा ओली ठट्टा गरेर बसे’ । भारतीय नाकाबन्दी तथा राष्ट्रियताको पक्षमा माओवादीको साथ नरहेको भए ओलीलाई भारतले झुकाएर छोड्ने निष्कर्षमा प्रचण्ड छन् । भारतसँगको स्वभाविक र राजनीतिक सम्बन्ध समेत बिग्रने गरी ओलीको पक्षमा वकालत गरेका प्रचण्डलाई अहिले ओलीले बेवास्ता गरेको र छुच्चो टिप्पणी गरेको लाग्न थालेको छ । ति नेता भन्छन्–प्रचण्ड अहिले ओलीको बिकल्प खोजिरहेका छन् तर ओलीको विकल्प खोज्दा भारतको डिजाइनमा नपरियोस् भन्नेमा सचेत छन् । छुच्चो र निर्दयी अभिव्यक्तिका लागी माहिर ओलीले पछिल्लो समय प्रचण्डलाई गठबन्धन तोड्न मन लागे तोडे हुन्छ भनेर भनेको कुरा समेत संचारमाध्यममा आएको थियो । उसो त ओलीका सार्वजनिक अभिव्यक्ति र उत्ताउलो टुक्का सुन्दासुन्दा राजनीतिक कर्मीहरुलाई मात्रै होइन आम मानिसहरुलाई नै वाक्क लाग्न थालेको छ । प्रचण्ड भूकम्पपिडितप्रति ओलीले देखाएको उदाशिनता र शहिद तथा बेपत्ता परिवारप्रति गरेको षड्यन्त्रसँग आजित समेत छन् । प्रचण्डको बुझाईमा एमालेका ओली पक्षिय नेताहरु असाध्यै कुटिल र षड्यन्त्रकारी छन् । उनीहरुमा कुनै पनि प्रकारको राजनीतिक इमान छैन । सोही निष्कर्षका कारण प्रचण्ड पछिल्लो समय आफ्नो नेतृत्वमा सरकार निर्माणको विषय छोड्ने मनस्थितिमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE