Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

राष्ट्रपति उम्मेद्वारको लागि हिलारीलाई ओबामाको समर्थन

\"Hillaryकाठमाडाैं । अमेरिकी राष्ट्रपति बाराक ओवामाले हिलारी क्लिन्टनलाई अमेरिकाको राष्ट्रपतिको लागि योग्य उम्मेद्वार भएको बताएका छन् । डेमोक्रयाटिक उम्मेद्वारको लागि भएको प्रतिस्पर्धामा पछि परेका बर्नी स्यान्डर्ससँगको भेट पछि उनले हिलारी क्लिन्टन नै अमेरिकी राष्ट्रपतिको लागि योग्य उम्मेद्वार भएको बताएका हुन । क्लिन्टनको ट्वीटमा एक भिडियो लिंक शेयर गर्दै उनले राष्ट्रपतिको भूमिकाका लागी क्लिन्टनलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले क्लिन्टरनको अभियानमा सहयोगका लागि आफु छिट्ै बाहिर आउन चाहेको उनले बताए । यसअघि ओबामाले बर्नी सैन्डर्ससँग छलफल गर्दै रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै क्लिन्टनसँगै मिलेर काम गर्न सुझाव दिएका थिए । स्याण्डर्सले भने हिलारीलाई सहयोग गर्ने विषयमा केही बताएका छैनन् । यद्धपि उनले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प उम्मेदवार भए दुर्भाग्यपूर्ण हुने बताए । यसैबीच रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले भने ओबामाको क्लिन्टनलाई समर्थन आफ्नो शासन लम्ब्याउन गरेको षडयन्त्र भएको बताएका छन् । हिलारी क्लिन्टन रोजगारी, अमेरिकी अर्थव्यवस्था, व्यापार, स्वास्थ्य, सैन्यलगायतका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् । हिलारीले भने राष्ट्रपति ओबामाको आफ्नो उम्मेद्वारीमा समर्थनको निकै ठुलो महत्व रहेको विषय भएको बताएकी छिन् । उनले ओबामा आफ्नो प्रतिस्पर्धीका साथै असल मित्र भएको बताएकी छिन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा हिलारी र ट्रम्पबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending