Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जनतालाई झुटो आश्वासन बाँडेर देश चल्दैनः देउवा

\"Sher-Bahadur-Deuba\"काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् । सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बुधबार बोल्दै संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए । उनले भने, “संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु छ प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यो झुटो आरोपले देश चल्दैन । ” सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोप लगाए । उनले सरकारको उक्त कार्यका विरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको पनि स्पष्ट पारे । सभापति देउवाले सगरमाथा आरोहण गरेर नेपाली काँग्रेस र सारा नेपालीको शीर उच्च बनाएको भन्दै आरोहीको प्रशंसासमेत गरे । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गरे । उनले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको बताए । उनले नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेर समीक्षा गर्नु आवश्यक रहेको स्पष्ट पारे । नेता पौडेलले नेपाली चेलीले सगरमाथाको शिखर आरोहण गरेर विश्व कीर्तिमान राखेको भन्दै खुशी व्यक्त गरे । उनले कीर्तिमानी महिलाले नेपालको गौरव बढाएको र यसले संसारमा नेपाललाई चिनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे । काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर कीर्तिमान राखेर नेपालको कद हिमाल चढेर देशको इज्जत बढाएको भन्दै प्रशंसा गरे । तीन आरोहीलाई सम्मान सङ्खुवासभा जिल्ला मकालु गाविसका एकै परिवारका तीन सगरमाथा आरोही सम्मानित भएका छन् । नेपाली काँग्रेसका सभापति देउवा र वरिष्ठ नेता पौडेलले लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पा सम्मान गरेका हुन । तीनै आरोहीलाई देउवाले सम्मान पत्रले सम्मानित गरेका हुन । कीर्तिमानी आरोही लाक्पा शेर्पाले सातपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । लाक्पा पहिलोपटक सुस्मा कोइराला मेमोरियल ट्रष्टमार्फत सगरमाथा आरोहण गरेका थिए । सोही बेला उनलाई पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सम्मान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending