Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सहमतिको सरकारको नेतृत्व गर्न माओवादी तयारः मन्त्री गजुरेल

\"Haribol-Gajurel\"पर्वत । कृषि विकास मन्त्री हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्र तयार रहेको बताएका छन् । बुधबार बिहान पर्वतका सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले नेकपा ९एमाले०सँगको सहमतिअनुसार अबको सरकारको नेतृत्व माअ‍ोवादीले गर्ने र अब बन्ने सरकार राष्ट्रिय सहमतिको हुने दाबी गरे । उनले सरकारका बारेमा नेपाली काँग्रेस र एमाले पनि सकारात्मक भएकाले अब केही समयमै राष्ट्रिय सहमतिको सरकार निर्माण हुने बताए । मन्त्री गजुरेलले संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प नरहेको बताउँदै नेपाली काँग्रेस, एमाले वा माओवादी जुनसुकै दलको नेतृत्वमा भएपनि हुनुपर्ने बताए । माओवादी केन्द्रका नेतासमेत रहेका गजुरेलले राष्ट्रिय सरकारको विषयमा सहमति भयो भने नेतृत्व लिन पनि तयार छौँ, छाड्न पनि तयार छौं भन्ने सकारात्मक भनाइ भएकाले राष्ट्रिय सहमतिको सरकार बन्ने निश्चित भइसकेको बताए । उनले मधेसवादी दलका समस्या वार्तामार्फत हल गरेर अबको २० महिनाभित्र संविधानको सफल कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले बाँकी २० महिनाभित्र संविधानको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने काम सम्पन्न गर्नका लागि पनि अब सबै दल एकै ठाउँमा उभिनुपर्ने बताए । दलहरु एकै ठाउँमा नहुँदा मुलुकले अग्रगति लिन नसकेको उनको दाबी थियो । नेपालका हरेक घटनाक्रम सहजरुपमा अगाढि बढ्न नसक्ने भएकाले जटिलता उत्पन्न हुने बताउँदै मुलुकको शक्ति विकेन्द्रित हुँदा समस्या भएको बताए । पटक पटक नेपालको राजनीतिमा परिवर्तन हुने तर जनताको जीवनस्तरमा परिवर्तन हुन नसक्दा निरासा पैदा हुने गरेको बताउँदै त्यसतर्फ अब राज्यका कामहरु केन्द्रित गरिने बताए । मन्त्री गजुरेलले सरकारले भर्खरै ल्याएको बजेट तथा नीतिमा कृषकलाई पेन्सन दिने व्यवस्था सकारात्मक भएको भन्दै अब कृषिमा निरासा जागेर पलायन हुनुपर्ने अवस्था नआउने दाबी गरे । उनले विदेशमा रहेका युवा नेपाल फर्काउन नसकेसम्म कृषिमा उल्लेख्य प्रगति गर्न नसकिने बताउँदै कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा जोड दिए। सरकारले पकेट क्षेत्रको विकास, कृषकलाई पेन्सनको व्यवस्था र जमिन बाँझो राख्नेलाई जरिवानाको नीति अवलम्बन गरेको छ यसले मुलुकलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने बताए । मन्त्री गजुरेलले अहिलेको बजेट तथा नीति पूर्णरुपमा कार्यान्वयनमा आउन सके मुलुकमा ठूलो परिवर्तन आउने दाबी पनि गरे । अर्को प्रसङ्गमा मन्त्री गजुरेलले राष्ट्रसेवक कर्मचारीले १० दखि ४ बजेसम्म कार्यालयमा दिन खेरफाल्ने मात्र नभई जागिर सकिएपछि पछुतो हुने किसिमको व्यवहार नगर्न निर्देशन दिए । उनले जनताको सेवामा कुनै कसर बाँकी नराख्न कर्मचारीलाई आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE