Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपालमा प्रथम यूवा वैज्ञानिक सम्मेलन सम्पन्न

\"YSSकाठमाडौं । नेपाल पोलिमर इन्स्टीच्यूटको आयोजना र ब्रेनी क्युव रिसर्च अर्गनाइजेसनको सहकार्यमा दुईदिने युवा सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । विद्यालय देखि विश्वविद्यालय सम्म लक्षित विज्ञान र प्रविधिको क्षेत्रमा लगनशिल यूवा वैज्ञानिकहरूको यस प्रकारको सम्मेलन प्रथम पटक सम्पन्न भएको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष डा. राजेश पण्डितले बताए । यूवा वैज्ञानिकहरूको प्रथम सम्मेलनको उद्घाटन सत्रको सभापतित्व डा. राजेश पण्डितले गरेका थिए भने उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गरेका थिए । उद्घाटन सत्रमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीप ब. न्यौपाने, सुल्तान इन्द्रिस विश्वविद्यालय मलेसियाका प्रा.डा. रामलिन मुस्तफा, एशिया प्रशान्त क्षेत्र यूवा मञ्च, इन्डोनेसियाकी सुश्री रिन्डी डानिका सारी, म्यूनिख टेक्निकल विश्वविद्यालय, जर्मनीका प्रा.डा. योर्न क्रुहल, त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डिल्लीराम उप्रेती, राष्ट्रिय यूवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले कार्यक्रमको समसामयिकताको बारेमा विचारहरू व्यक्त गरेका थिए । सम्मेलनमा प्रा.डा. जीवराज पोखरेल, प्रा.डा. वसन्त पन्त, प्रा.डा. रामलीन मुस्तफा, डा. कृष्णराम अमात्य, सुश्री रिन्डी डानिका सारी ले विशेष प्रवचन दिएका थिए । जेठ २२ र २३ गते सम्पन्न दुइदिने कार्यक्रममा चारवटा विज्ञहरू सम्मिलित छलफल कार्यक्रम सञ्चालन गरिएको थियो । प्रथम छलफल कार्यक्रममा नास्टका वैज्ञानिक डा. रविन्द्र ढकाल, काठमाडौँ विश्वविद्यालयका डा. भूपाल श्रेष्ठ र डा. राजेन्द्र ज्ञवाली, पोल्याण्डका वैज्ञानिक प्रा.डा. एन्डियू हुस्कोले सहभागीहरूका प्रश्नहरूको उत्तर दिएका थिए भने संचालन डा. भिम प्रसाद काफ्लेले गरेका थिए । । दोश्रो छलफल कार्यक्रममा रसायनशास्त्रीहरू डा.नेत्रलाल भण्डारी, डा. भानुभक्त न्यौपाने, डा.महेन्द्र अर्याल र डा. जितेन्द्र उपाध्यायले भाग लिएका थिए भने संचालन सह प्रा.डा.शर्मिला प्रधानले गरेकी थिइन । सम्मेलनको दोश्रो दिन, तृतिय छलफल कार्यक्रममा उद्योगपति साहिल अग्रवाल, रसायनशास्त्री डा. महेन्द्र थापा, इन्जिनियर विकास गुरूङ्ग, जैव प्रविधि विज्ञ तथा उद्योगी मनिस प्रताप र यूवा वैज्ञानिक तथा नेता खिम प्रसाद पन्थीले भाग लिएका थिऐ भने सञ्चालन रसायनशास्त्री डा. राजेश पण्डितले गरेका थिए । । त्यसैगरी अन्तिम सत्रको छलफलमा पूर्व विज्ञान तथा प्रविधि मंत्री इ. गणेश शाह, भौतिकशास्त्री प्रा.डा. सीताराम व्याहुत, प्रा.डा. योर्न क्रुहल, दक्षिण एशिया विश्वविद्यालयका सहायक प्रा.डा. युवराज पोखरेल र यूवा वैज्ञानिक आकाश देवले सहभागीहरूका विभिन्न प्रश्नहरूको उत्तर दिएका थिए । छलफल कार्यक्रमको सञ्चालन ज्योती गिरीले गरेका थिए । सम्मेलनमा प्रतियोगीको रूपमा सामेल विभिन्न विधाका गरी ६२ वटा अनुसन्धान पोस्टरहरू प्रस्तुत गरिएका थिए । प्रतियोगी पोस्टरहरूको मूल्याङ्कनका लागि प्रा.डा. मोतीलाल शर्माको संयोजकत्वमा डा. भिम काफ्ले र डा. रविन्द्र ढकाल सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो । निर्णायक मण्डलले निर्णय गरेअनुसार यूवा वैज्ञानिक पुरस्कार २०१६ वितरण गरिएको थियो । प्रमाणपत्र तथा तक्मा वितरण पूर्व मंत्री गणेश शाह र काठमाडाँै विश्वविद्यालयका विज्ञान संकायका डीन प्रा.डा. मोहनविक्रम ज्ञवालीले गर्नुभएको थियो । आयोजकका अनुसार उत्कृष्ट अनुसन्धानकर्मीलाई एशिया प्रशान्त यूवा वैज्ञानिक सम्मेलनमा प्रतिस्पर्धाको लागि पठाइने छ । सम्मेलन नेपाल पोलिमर इन्स्टिच्यूटका अध्यक्ष प्रा.डा. रामेश्वर अधिकारीले पठाएको शुभकामना सन्देशको भिडियो प्रस्तुत गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending