Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

लिबियाली सामुद्रिक तटमा एक सय चार आप्रवासी मृत भेटिए

\"refugee\"त्रिपोली । लिबियाली सामुद्रिक तटीय इलाकामा अवस्थित ज्वारा सहर नजिकैबाट १०४ जना आप्रवासी शरणार्थीको मृत शरीर भेटिएको लिबियाली नौसेनाले शुक्रबार जनाएको छ । सामुद्रिक तटमा मृत शरीर यत्रतत्र छरिएर आएपछि तिनीहरुलाई सङ्कलन गरी व्यवस्थापन गरिएको लिबियाली नौसेनाका प्रवक्ता कोलोनेल अयोब आओसेमले बताए । सामुद्रिक तटमा बिहीबार बेलुकीदेखि मृत शरीर देखिन थालेका र बिहानसम्म त्यस्ता शवको सङ्ख्या १०४ पुगेको उनले बताए । उनले थपे, सामान्यत एउटा डुङ्गाले ११५¬–१२५ मानिस बोक्ने हुँदा मृत शरीरहरु एक डुङ्गा दुर्घटनापछि त्यहाँ आइपुगेको हुनसक्छन् । यसबाट मृतकको सङ्ख्या यो भन्दा बढी पुग्नसक्ने देखिन्छ, प्रवक्ता आओसेमले बताए । आओसेमका अनुसार पश्चिमी लिबियाबाट छुटेका आप्रवासी चढेका डुङ्गाहरु साबराथा र ज्वारा हुँदै इटालीका लागि जाने गर्छन् । मृत शरीरबाट प्राप्त सङ्केतबाट मृतकहरु प्राय अफ्रिकी वा मोरक्कोबाट आएका अरबी नागरिक हुनसक्ने बताइएको छ । लिबियाबाट इटालीका लागि करिब ३०० किलोमिटरको दूरीमा आप्रवासीका रुपमा युरोप तथा अमेरिकी मुलुक हिँडेका मानिस समुद्रियात्राका लागि असुरक्षित मानिने साना डुङ्गाको सहारामा पुग्ने गरेका अध्ययनहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले गएको मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१६ को जनवरी यता दुई लाख चार हजार आप्रवासी भूमध्यसागरिय क्षेत्र हुँदै युरोप छिरेका छन् । उक्त खतरानाक यात्राका क्रममा करिब दुई हजार पाँच सय आप्रवासी शरणार्थीले यस वर्षमात्रै ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । सिरिया, अफगानिस्तान, कतिपय खाडी मुलुक र केही अफ्रिकी देशबाट मानिस द्वन्द्व र गरिबीबाट बच्न लिबिया र इटालीको बीचमा पर्ने सामुद्रिक इलाकामा डुङ्गाको यात्रा गर्दै युरोप छिर्ने क्रममा ज्यान गुमाउने गरेको राष्ट्रसङ्घले बताएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending