Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आमा दृष्टिविहीन, छोरा अस्पतालको श्ययामा छट्पटाउँदै

जाजरकोट । ज्भेरीमालिका नगरपालिका–३ सिमलगैरीका ३० वर्षीय वीरु नेपाली मजदुरी गरेर आफू र दृष्टिविहीन ६० वर्षीया आमाको छाक टार्थे । अहिले मजदुरी गदा गर्दै खुट्टामा गम्भीर चोट लागेपछि चार महिनादेखि आफैँ थला परेका छन् । घाउ निको हुनाको साटो झन् झन् बल्झिँदै गएको छ । घुँडाको हाड कुहिन थालेको छ । अलि ढिलो गरे अर्बुद समेत हुन सक्ने चिकित्सकको भनाइ छ । तर अर्थ अभाव र काठमाडौँ लगिदिने आफन्त कोही नहुँदा यतिबेला उनी जिल्ला अस्पतालमा छटपटाइरहेका छन् भने आमा भीख मागेर खान थालेकी छिन् । “परिवारमा आमाछोरा मात्र हौँ अरु कोही छैनन्, एक जना जलबिन्दु भएर आँखा नदेख्ने आमा हुनुहुन्छ, उहाँ आफैँ अशक्त हुनुहुन्छ, मलाई उपचार गर्न कसले लगिदिन्छ ? ” वीरुले आँखाबाट आँसु झार्दै भने, “म कसरी उपचार गरूँ ? ” आफूसँग पैसा नभएको र काठमाडौँ लगिदिने मानिस कोही नभएकाले उपचार गर्न गाह्रो भएको उनले बताए । “कहिल्यै नगएको, नचिनेको ठाउँ कहाँ जाने, कोसँग जाने, न त आफूसँग पैसा छ” आफ्नो समस्या दर्साउँदै उनले भने । “जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइदिएका थियौँ तर उनी गएनन्” जिल्ला अस्पतालका डा बोम बिसीले भने “उनको घुँडामा मासु प्रत्यारोपण गर्नुपर्ने अवस्था छ सुरुमै हामीले जान सल्लाह दिएका हौँ तर अहिलेसम्म गएका छैनन् ।” घाउ पाकेर घुँडाको हाड समेत कुहिन थालेको र जति ढिला ग¥यो उति खतरा बढ्दै जाने डा बिसीको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: