Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

किम जोङ उनको नयाँ घोषणा : बहिनी ज्वाइँका लागि गरे आवेदन खुला

\"kim एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले बहिनी ज्वाँई खोज्न नयाँ नयाँ विधि अपनाएका छन् । आफ्नी २९ वर्षीया बहिनी यो जोङको विवाहका लागि लोकतान्त्रिक तरिका अपनाउन लागेका हुन् । जसका लागि किमले देशभरीबाट युवकहरु चुन्दैछन । देशभरिबाट चुनिएका युवकहरुमध्येबाट एकजना छान्ने स्वतन्त्रता उनले आफ्नी बहिनीलाई प्रदान गरेका छन् । तर, उनको ज्वाइँ बन्नका लागि उनले बिभिन्न योग्यताहरु तोकिदिएका छन् । किमले ज्वाँइ खोज्नका लागि अविवाहित युवाहरुको एउटा भेला नै आयोजना गरेका छन् । जसमा सहभागी गराउन किम आफैँले ३० अविवाहित युवकलाई छनोट गरिसकेका छन् ।किमले उक्त सभाबाट आफ्नी बहिनीले छानेको युवकलाई उनले ज्वाइँ बनाउने घोषणा गरेका छन् । किमको बहिनी विवाह गर्नेको न्युनतम योग्यता यस्तो छ १. किम इल सुङ विश्वविद्यालयबाट कम्तिमा स्नातक गरेको हुनुपर्ने २. उचाई कम्तिमा ५ फिट १० इञ्च हुनुपर्ने ३. हेर्दा आकर्षक हुनुपर्ने ४. उत्तर कोरियाली सेनामा योगदान दिएको हुनुपर्ने माथि उल्लेखित सबै योग्यता पुगेका युवकलाई उनको बहिनीले छनोट गरेपछि मात्र उनले ज्याइँ बनाउनेछन् । , किमले ज्वाइँ खोज्नका लागि यस्तो सभा आयोजना गरेको पहिलो पटक भने होइन । उनले सन २०१२ मा पनि यस्तो सभा आयोजना गरेका थिए । तर, खोजेजस्तो नपाएपछि सबैलाई अस्विकृत गरिदिए । यस्तो छ, किमको बहिनीको स्वभाव र इतिहास दक्षिण कोरियाली पत्रिका ‘द चोशुन’का अनुसार यो जोङ आफ्नो दाइको पर्सनल एसिस्टेन्टको भूमिका निभाउँछिन् । उनले किमका लागि अपोइन्टमेन्ट, प्रमोशन तथा प्रोपोगाण्डाको कार्यभार सम्हाल्दै आएकी छन् । एक उत्तर कोरियाली भगौडाका अनुसार युनिभर्सिटीमा अध्ययनका दौरान यो जोङको व्यवहार निकै अलग थियो । उनी हलबाट निस्किएपछि सबै विद्यार्थीले उनका लागि बाटो खाली गरिदिनुपर्दथ्यो । उनी चढेको लिफ्टमा उनका कक्षाका साथि बाहेक अरु कोही पनि चढ्न पाउँदैन थिए । उनको विवाह एक पटक भइसकेको छ । उनको एक आर्मी चिफसँग विवाह भएको थियो । तर, जनवरी २०१३ मा एक कार दुर्घटनामा उनका पतिको मृत्यु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending