चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अगाडि इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त अनुगमनका क्रममा दर्ता नै नगरी ल्याब र डेण्टल क्लिनिक सञ्चालन गरेको अभियोगमा सञ्चालक र कामदारलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेमा हंस डेण्टल क्लिनिकका सञ्चालक भरतपुरका डा दिनेश पाण्डे, रक्षा डाइग्नोसिसका सञ्चालक माडीका मुकेश महतो, रक्षा फार्मेसीका सञ्चालक भरतपुरका राजेन्द्रप्रसाद तिवारी, तिर फार्मेसीका सेयर सदस्य भरतपुरका रामचन्द्र पौडेल र न्यू सेवा प्याथोलोजीका सञ्चालक खैरहनीकी पुष्पा चौधरी छन् ।
सुस्वास्थ्य मेडिकल हलका सञ्चालक रत्ननगरका कृष्णप्रसाद खनाल, नमस्ते प्याथोलोजीका सेयर सदस्य भरतपुरका कमल सापकोटा, कोहिनुर प्याथोलोजीका सञ्चालक भरतपुरकै कमल शर्मा, एसआरएल ल्याब डाइग्नोसिसमा काम गर्ने लमजुङका शोभा नेपाली, सगरमाथा डाइग्नोसिस सेन्टरमा काम गर्ने भरतपुरका रञ्जना यादव र नमुना प्याथोलोजीका सञ्चालक भरतपुरका प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुमध्ये कतिले फार्मेसीको दर्ता गरे पनि ल्याब सञ्चालनको अनुमति नलिएको, ल्याबमा नक्कली प्राविधिक राखेको र दर्ता नभएको पाइएको कुँवरले बताए । अनुगमनका दोषी देखिएकाले प्रहरीमाथि नै हातपात गर्न खोजेपछि उनीहरुलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसुदन कोइरालाले आइतबार अनुगमन गर्दा दर्ता नभई ल्याब र डेण्टल क्लिनिक सञ्चालन गरेको पाइएपछि तत्काल बन्द गर्न भनिए पनि आज पुनः संचालन गरेको पाइएपछि पक्राउ गरी कारबाटी प्रक्रिया प्रशासनले अगाडि बढाएको बताए ।
यसअघि स्थानीय प्रशासनले क्यान्सर अस्पतालभित्र बिचौलियाको काम गर्ने पाँच कर्मचारी र बाहिरका १५ जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएर कारबाही गरेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: