Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

खबरडबली संवाददाता

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्ने भएको हो। नगर प्रमुख घनश्याम गिरीका अनुसार नगरपालिकाका १५ वडामध्ये वडा नम्बर १२ बाहेक सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकिएको छ।

आगामी हप्ता आयोजना हुने विशेष समारोहमा वडा नम्बर १२ सहित सम्पूर्ण नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिने कार्यक्रम तय भएको छ। नगरपालिकाले ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाज निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नम्बर १४ लाई पहिलोपटक ‘बालश्रममुक्त वडा’ घोषणा गरेको थियो।

त्यसपछि चरणबद्ध रूपमा सबै वडामा कार्यक्रम सञ्चालन गर्दै लक्ष्यअगावै सम्पूर्ण वडालाई बालश्रममुक्त बनाइएको हो। नगर प्रमुख गिरीले बाल संरक्षण र बाल अधिकार सुनिश्चितताका लागि नगरपालिकाले नीति, कार्यक्रम र बजेटलाई उच्च प्राथमिकता दिएको बताउँदै भन्नुभयो, “बालश्रममुक्त वडा घोषणा कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाएकै कारण चन्द्रागिरिलाई आज ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अवस्थामा पुगेका छौँ।”

नगरपालिकाले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५), बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नगरपालिकाको आफ्नै कार्ययोजना अनुसार बालश्रम निवारणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणातर्फ अघि बढ्न प्रारम्भिक चरणमै वडाहरूलाई बालश्रममुक्त बनाइएको जानकारी दिनुभयो। उहाँले बालश्रममुक्त घोषणापछिको दिगोपन र निरन्तरताका लागि निरन्तर अनुगमन र सहकार्य आवश्यक रहेको बताउनुभयो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार नगर कार्यपालिका, विद्यालय, बालक्लब, सरकारी कार्यालय, सङ्घसंस्था तथा उद्योग–व्यवसाय क्षेत्रको सहकार्यले नगरपालिकालाई बालश्रममुक्त घोषणाको चरणमा पुर्‍याएको हो।

शाखाका अनुसार यसअघि देशभर छवटा स्थानीय तहमात्र ‘बालश्रम मुक्त’ घोषणा भएका छन्। चन्द्रागिरिको अभियानमा बाल विकास समाज, वल्र्ड भिजन इन्टरनेशनल नेपाललगायत संस्थाले सहयोग गरेका थिए। अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन्। तीमध्ये १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा संलग्न रहेको तथ्याङ्क छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending