Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

खबरडबली संवाददाता

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्रम मुक्त स्थानीय तह’ बन्ने भएको हो। नगर प्रमुख घनश्याम गिरीका अनुसार नगरपालिकाका १५ वडामध्ये वडा नम्बर १२ बाहेक सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकिएको छ।

आगामी हप्ता आयोजना हुने विशेष समारोहमा वडा नम्बर १२ सहित सम्पूर्ण नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिने कार्यक्रम तय भएको छ। नगरपालिकाले ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाज निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते वडा नम्बर १४ लाई पहिलोपटक ‘बालश्रममुक्त वडा’ घोषणा गरेको थियो।

त्यसपछि चरणबद्ध रूपमा सबै वडामा कार्यक्रम सञ्चालन गर्दै लक्ष्यअगावै सम्पूर्ण वडालाई बालश्रममुक्त बनाइएको हो। नगर प्रमुख गिरीले बाल संरक्षण र बाल अधिकार सुनिश्चितताका लागि नगरपालिकाले नीति, कार्यक्रम र बजेटलाई उच्च प्राथमिकता दिएको बताउँदै भन्नुभयो, “बालश्रममुक्त वडा घोषणा कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाएकै कारण चन्द्रागिरिलाई आज ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अवस्थामा पुगेका छौँ।”

नगरपालिकाले बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५), बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नगरपालिकाको आफ्नै कार्ययोजना अनुसार बालश्रम निवारणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणातर्फ अघि बढ्न प्रारम्भिक चरणमै वडाहरूलाई बालश्रममुक्त बनाइएको जानकारी दिनुभयो। उहाँले बालश्रममुक्त घोषणापछिको दिगोपन र निरन्तरताका लागि निरन्तर अनुगमन र सहकार्य आवश्यक रहेको बताउनुभयो।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार नगर कार्यपालिका, विद्यालय, बालक्लब, सरकारी कार्यालय, सङ्घसंस्था तथा उद्योग–व्यवसाय क्षेत्रको सहकार्यले नगरपालिकालाई बालश्रममुक्त घोषणाको चरणमा पुर्‍याएको हो।

शाखाका अनुसार यसअघि देशभर छवटा स्थानीय तहमात्र ‘बालश्रम मुक्त’ घोषणा भएका छन्। चन्द्रागिरिको अभियानमा बाल विकास समाज, वल्र्ड भिजन इन्टरनेशनल नेपाललगायत संस्थाले सहयोग गरेका थिए। अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका करिब ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन्। तीमध्ये १४ प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा संलग्न रहेको तथ्याङ्क छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending