Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बादलको भविष्यवाणी : बाबुरामको भविष्य अध्यारो छैन, बैद्यको उज्यालो छैन

\"badal\" काठमाडौं । क्रान्तिकारी माओवादीबाट बैद्यलाई छाडेर प्रचण्ड माओवादीमा एकीकरण गर्न आएका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग आफ्नो स्वभाव नमिल्ने बताएका छन् । नयाँ पत्रिका दैनिकसँग अन्तर्वार्ताका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भविष्यवाणि गर्दै बाबुराम भट्टराईको भविष्य अन्धकार नभएको र मोहन बैद्य किरणको भविष्य उज्यालो नभएको बताएका छन् । त्यस्तै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बामन्थी दक्षिणपन्थीको संज्ञा दिएका छन् ।   ‘थ्री बी’ अर्थात् बाबुराम, वैद्य र विप्लवबारे अन्तर्वार्ताका लागि हामी पेरिसडााडा पुग्दा बादल हेडक्वार्टरको बैठकमा थिए । बैठक कक्षाबाट निस्किादा अघिअघि कृष्णबहादुर महरा र पछिपछि बादल थिए । एउटा कोठामा पुगेपछि महराले बादललाई भने, ‘ल कमरेड पहिले यो कोठा बाबुरामजीको थियो, अब तपाईंको भयो ।’ चारैतिर मोटामोटी हेरेपछि ठीक छ भन्दै टाउको हल्लाएर उनी सोफामा बसे । उता टेबुलमा बाबुरामले छोडेको हासिया हथौडा अंकित कम्युनिस्ट झन्डा चुपचाप थियो । बाबुराम हुादा बुद्धनगर सरेका बादल बाबुराम हिाडेपछि पेरिसडाँडा फर्किएका छन् । सायद संयोगले बाबुरामकै कुर्सीमा बस्न पुगेका बादल बाबुरामबारे के सोच्छन् ? हामीलाई सोध्न मन लाग्यो । उनले बाबुरामबारे मात्र होइन, वैद्य र विप्लवबारे पनि हाम्रो जिज्ञासा मेटाए । बाबुरामजीको भविष्य अन्धकार छैन बाबुरामजीले साम्यवादी सिद्धान्त नै परित्याग गर्नुभयो । यस कोणबाट हेर्दा अबको कम्युनिस्ट आन्दोलनमा उहाँको भविष्य छैन, त्यसको घोषणा स्वयम उहांले नै गर्नुभएको छ । अब उहाँले जुन दर्शन र राजनीति अवलम्बन गर्नुभएको छ, त्यो बुर्जुवा, पुँजीवादी राजनीति नै हो । पुँजीवादी राजनीतिका लागि यो देशमा पर्याप्त वस्तुगत आधार छन् । त्यसैले पुँजीवादी पार्टी वा त्यो वर्गको राजनीति गर्दा उहाँको भविष्य राम्रै हुन सक्छ । आत्मगत रूपमा पनि उहाँले सो वर्गको राम्रो प्रतिनिधित्व गर्न पनि सक्नुहुन्छ । उहाँले बुर्जुवा वर्गको राम्रै सेवा गर्न पनि सक्नुहुन्छ । यस कोणबाट उहाँको भविष्य मत्यति अँध्यारो देख्दिनँ । तर, उहाँसामु ठूलो चुनौती भने छ । नेपालको बुर्जुवा राजनीतिमा उहाँभन्दा स्थापित पार्टी तथा नेता छन् । उनीहरूसित उहाँले निकै कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । वैद्यजीको भविष्य उज्यालो छैन उहाँले जुन एकांगी ढंगको कार्यदिशा अवलम्बन गर्नुभएको छ, त्यसका आधारमा भन्नुपर्छ, उहाँको भविष्य त्यति उज्यालो छैन । उहाँको राजनीति विसर्जनतिर जान्छ । बाटो नै त्यही हो, जनताबाट अलग हुने बाटो हो भन्ने हाम्रो बुझाइ छ । उहाँ अहिले जुन बाटो हिँडिरहनुभएको छ, यसले उहाँलाई कम्युनिस्ट आन्दोलनबाटै अलग गर्छ । यसले उहाँलाई एउटा संकीर्णतातिर धकेल्छ । एउटा गुटका रूपमा त उहाँ रहन सक्नुहुन्छ तर एउटा आन्दोलनको नेतृत्वचाहिँ उहाँले गर्न सक्नुहुन्न । त्यस्तो त विल्पवसंग पनि उहांको कुराकानी भइरहेको छ भन्ने हामीले सुनिरहेका छौँ । उहाँहरू एकताबद्ध हुने, ध्रुवीकरण हुने सम्भावनालाई नकार्न सकिन्न । उहाँहरू ससानो गुटका रूपमा रहनुभन्दा एकताबद्ध हुँदा नै कम्युनिस्ट आन्दोलनलाई फाइदा पुग्छ । त्यसैले उहाँहरूलाई हाम्रो शुभकामना छ । अझ हामी त सबै माओवादी पार्टी एकै ठाउँमा एउटै आधारमा उभिनुपर्छ भन्ने हो । विप्लवजी अर्थात् वामपन्थी दक्षिणपन्थी विप्लवजीको कार्यदिशा अस्पष्ट छ । उहाँहरूले दीर्घकालीन जनयुद्ध पनि होइन भन्नुहुन्छ । विद्रोहको कार्यदिशा भने पनि त्यो प्रस्ट छैन । एकीकृत क्रान्तिको सिद्धान्त त भन्नुहुन्छ, तर त्यो अस्पष्ट छ । न त उहाँहरू अहिले शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने दिशामा हुनुहुन्छ, न युद्धलाई मूल साधन बनाएर जनताको राज्यसत्ता स्थापनार्थ क्रान्ति गर्ने बाटोमै हुनुहुन्छ । शब्दमा विद्रोहका कुरा गरे पनि व्यवहारतस् उहाँहरूले केही गर्नुभएको छैन । त्यसैले, राजनीतिक कोणबाट भन्नुपर्दा यो वाम रूपको दक्षिणपन्थी प्रवृत्ति नै हो । यो धेरै दिन अघि जान्छ भन्ने हामीलाई लाग्दैन । विल्लवले जुन ढंगको राजनीतिक बाटो समातिराख्नुभएको छ, त्यसको भविष्य छैन भन्ने नै हाम्रो राजनीतिक आँकलन रहेको छ । त्यसले उहाँले राखेको लक्ष्यसम्म पुर्‍याउन सक्दैन । हिजो उहाँले जे दाबी गर्नुभएको थियो, अहिले यहाँसम्म आइपुग्दा त्यो सही साबित हुन सकेको छैन । यसले गर्दा पनि उहाँहरू एकता अभियानमा समाहित हुनुहुन्छ भन्ने हामीलाई आशा छ । तत्काललाई भने त्यो सम्भावना छैन । आफ्नै प्रवृत्तिविरुद्ध पनि म संघर्षमा छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: