Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बादलको भविष्यवाणी : बाबुरामको भविष्य अध्यारो छैन, बैद्यको उज्यालो छैन

\"badal\" काठमाडौं । क्रान्तिकारी माओवादीबाट बैद्यलाई छाडेर प्रचण्ड माओवादीमा एकीकरण गर्न आएका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग आफ्नो स्वभाव नमिल्ने बताएका छन् । नयाँ पत्रिका दैनिकसँग अन्तर्वार्ताका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भविष्यवाणि गर्दै बाबुराम भट्टराईको भविष्य अन्धकार नभएको र मोहन बैद्य किरणको भविष्य उज्यालो नभएको बताएका छन् । त्यस्तै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बामन्थी दक्षिणपन्थीको संज्ञा दिएका छन् ।   ‘थ्री बी’ अर्थात् बाबुराम, वैद्य र विप्लवबारे अन्तर्वार्ताका लागि हामी पेरिसडााडा पुग्दा बादल हेडक्वार्टरको बैठकमा थिए । बैठक कक्षाबाट निस्किादा अघिअघि कृष्णबहादुर महरा र पछिपछि बादल थिए । एउटा कोठामा पुगेपछि महराले बादललाई भने, ‘ल कमरेड पहिले यो कोठा बाबुरामजीको थियो, अब तपाईंको भयो ।’ चारैतिर मोटामोटी हेरेपछि ठीक छ भन्दै टाउको हल्लाएर उनी सोफामा बसे । उता टेबुलमा बाबुरामले छोडेको हासिया हथौडा अंकित कम्युनिस्ट झन्डा चुपचाप थियो । बाबुराम हुादा बुद्धनगर सरेका बादल बाबुराम हिाडेपछि पेरिसडाँडा फर्किएका छन् । सायद संयोगले बाबुरामकै कुर्सीमा बस्न पुगेका बादल बाबुरामबारे के सोच्छन् ? हामीलाई सोध्न मन लाग्यो । उनले बाबुरामबारे मात्र होइन, वैद्य र विप्लवबारे पनि हाम्रो जिज्ञासा मेटाए । बाबुरामजीको भविष्य अन्धकार छैन बाबुरामजीले साम्यवादी सिद्धान्त नै परित्याग गर्नुभयो । यस कोणबाट हेर्दा अबको कम्युनिस्ट आन्दोलनमा उहाँको भविष्य छैन, त्यसको घोषणा स्वयम उहांले नै गर्नुभएको छ । अब उहाँले जुन दर्शन र राजनीति अवलम्बन गर्नुभएको छ, त्यो बुर्जुवा, पुँजीवादी राजनीति नै हो । पुँजीवादी राजनीतिका लागि यो देशमा पर्याप्त वस्तुगत आधार छन् । त्यसैले पुँजीवादी पार्टी वा त्यो वर्गको राजनीति गर्दा उहाँको भविष्य राम्रै हुन सक्छ । आत्मगत रूपमा पनि उहाँले सो वर्गको राम्रो प्रतिनिधित्व गर्न पनि सक्नुहुन्छ । उहाँले बुर्जुवा वर्गको राम्रै सेवा गर्न पनि सक्नुहुन्छ । यस कोणबाट उहाँको भविष्य मत्यति अँध्यारो देख्दिनँ । तर, उहाँसामु ठूलो चुनौती भने छ । नेपालको बुर्जुवा राजनीतिमा उहाँभन्दा स्थापित पार्टी तथा नेता छन् । उनीहरूसित उहाँले निकै कडा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । वैद्यजीको भविष्य उज्यालो छैन उहाँले जुन एकांगी ढंगको कार्यदिशा अवलम्बन गर्नुभएको छ, त्यसका आधारमा भन्नुपर्छ, उहाँको भविष्य त्यति उज्यालो छैन । उहाँको राजनीति विसर्जनतिर जान्छ । बाटो नै त्यही हो, जनताबाट अलग हुने बाटो हो भन्ने हाम्रो बुझाइ छ । उहाँ अहिले जुन बाटो हिँडिरहनुभएको छ, यसले उहाँलाई कम्युनिस्ट आन्दोलनबाटै अलग गर्छ । यसले उहाँलाई एउटा संकीर्णतातिर धकेल्छ । एउटा गुटका रूपमा त उहाँ रहन सक्नुहुन्छ तर एउटा आन्दोलनको नेतृत्वचाहिँ उहाँले गर्न सक्नुहुन्न । त्यस्तो त विल्पवसंग पनि उहांको कुराकानी भइरहेको छ भन्ने हामीले सुनिरहेका छौँ । उहाँहरू एकताबद्ध हुने, ध्रुवीकरण हुने सम्भावनालाई नकार्न सकिन्न । उहाँहरू ससानो गुटका रूपमा रहनुभन्दा एकताबद्ध हुँदा नै कम्युनिस्ट आन्दोलनलाई फाइदा पुग्छ । त्यसैले उहाँहरूलाई हाम्रो शुभकामना छ । अझ हामी त सबै माओवादी पार्टी एकै ठाउँमा एउटै आधारमा उभिनुपर्छ भन्ने हो । विप्लवजी अर्थात् वामपन्थी दक्षिणपन्थी विप्लवजीको कार्यदिशा अस्पष्ट छ । उहाँहरूले दीर्घकालीन जनयुद्ध पनि होइन भन्नुहुन्छ । विद्रोहको कार्यदिशा भने पनि त्यो प्रस्ट छैन । एकीकृत क्रान्तिको सिद्धान्त त भन्नुहुन्छ, तर त्यो अस्पष्ट छ । न त उहाँहरू अहिले शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने दिशामा हुनुहुन्छ, न युद्धलाई मूल साधन बनाएर जनताको राज्यसत्ता स्थापनार्थ क्रान्ति गर्ने बाटोमै हुनुहुन्छ । शब्दमा विद्रोहका कुरा गरे पनि व्यवहारतस् उहाँहरूले केही गर्नुभएको छैन । त्यसैले, राजनीतिक कोणबाट भन्नुपर्दा यो वाम रूपको दक्षिणपन्थी प्रवृत्ति नै हो । यो धेरै दिन अघि जान्छ भन्ने हामीलाई लाग्दैन । विल्लवले जुन ढंगको राजनीतिक बाटो समातिराख्नुभएको छ, त्यसको भविष्य छैन भन्ने नै हाम्रो राजनीतिक आँकलन रहेको छ । त्यसले उहाँले राखेको लक्ष्यसम्म पुर्‍याउन सक्दैन । हिजो उहाँले जे दाबी गर्नुभएको थियो, अहिले यहाँसम्म आइपुग्दा त्यो सही साबित हुन सकेको छैन । यसले गर्दा पनि उहाँहरू एकता अभियानमा समाहित हुनुहुन्छ भन्ने हामीलाई आशा छ । तत्काललाई भने त्यो सम्भावना छैन । आफ्नै प्रवृत्तिविरुद्ध पनि म संघर्षमा छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending