Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

भावुक हुँदै इच्छुक पत्नीले भनिन्–हत्यारालाई कहिले हुन्छ कारबाही ?

\"takmaकाठमाडौं । पत्रकार कृष्ण सेन ‘इच्छुक’ को हत्या भएको चौध वर्ष पुगिसकेको छ । २०५९ साल जेठ गते इच्छुक प्रहरी हिरासतमै मृत्यु भएको थियो । तत्कालिन माओवादी आन्दोलनका पक्षका कलम चलाएकै आरोपमा इच्छुकलाई प्रहरीले पक्राउ गरी हिरासतमै यातना दिएर हत्या गरेको थियो । २०५९ साल जेठ ६ गते काठमाडौंबाट गिरफ्तार गरी महेन्द्र पुलिस क्लवमा राखिएको थियो । प्रहरी हिरासतमा राखिएका इच्छुकलाई हिरासतमै हत्या गरिएको समाचार जनआस्था साप्ताहिकले छापेपछि उनको सम्झनामा हरेक वर्ष जेठ १३ लाई क्रान्तिकारी पत्रकारहरुले इच्छुक स्मृति दिवसका रुपमा मनाउँदै आएका छन् । माओवादी आन्दोलन टुटफुटपछि पनि पत्रकारहरुले संयुक्त रुपमा नै कार्यक्रम गरी सेनको सम्झना गर्ने गरेका छन् । हरेक वर्ष जस्तै विहीबार पनि काठमाडौंमा क्रान्तिकारी पत्रकारहरुले संयुक्त रुपमा प्रभातफेरि गरेर इच्छुक स्मृति दिवस मनाए । रत्नपार्कको शान्तिबाटिकाबाट शुरु भएको प्रभातफेरि भृकुटी मण्डपस्थित महेन्द्र पुलिस क्लवकै अगाडि कोणसभा गरियो । कोणसभामा माओवादी पत्रकारहरुले इच्छुकको हत्यारासमेत पुष्टी भइसक्दासमेत कारबाही हुन नसकेको बताए । कार्यक्रममा बोल्ने सबैको भनाइ एउटै थियो– ‘कृष्ण सेनाका हत्यारालाई कारबाही होस् ।’ तत्कालिन माओवादी पार्टीप्रति आस्था राखेकै कारण पत्रकार इच्छुकको हत्या भएको थियो । इच्छुकले वैचारिक आस्था राख्ने माओवादीकै गृहमन्त्री छन् अहिलेको सरकारमा । हत्यारा समेत किटान भएको अवस्थामा समेत कारबाही नगरिएको भन्दै क्रान्तिकारी पत्रकारहरुले रोष प्रकट गरेका थिए । इच्छुकको स्मृति आयोजित कार्यक्रममा भाग लिन इच्छुक पत्नी तक्मा केसी पनि आएकी थिइन् । निकै भावुक मुद्रामा देखिएकी सेनपत्नीको प्रश्न थियो– ‘आज १४ वर्ष भक्यो, श्रीमानको हत्या भएको तर दोषीमाथि किन कारबाही हुँदैन् ? उनले दोषीमाथि कारबाही नभएसम्म न्याय नहुने भन्दै न्यायका लागि फेरि पनि अपिल गरिन् । इच्छुकका आदर्शमार्फत उनका सपना पूरा गर्नुपर्नेमा पनि तक्माले जोड दिइन् । को हुन् पत्रकार इच्छुकका हत्यारा ? पत्रकार इच्छुक तत्कालिन माओवादीको मुखपत्र ‘जनादेश साप्ताहिकका सम्पादक थिए । जनदिशादेखि कलम साहित्यक पत्रिकाको समेत सम्पादक भइसकेका सेनलाई माओवादीप्रति आस्था राखेकै आधारमा प्रहरीले गिरफ्तार गरेको थियो । सेनलाई गिरफ्तार गरी सञ्चार उपकरणहरुसमेत लुटेर लगिएको थियो । काठमाडौंस्थित जनादेश कार्यालयबाटै गिरफ्तार गरिएका सेनलाई प्रदर्शनी मार्गको महेन्द्र पुलिस क्लवमा राखिएको थियो । त्यहीँ यातना दिएर सेनको हत्या गरियो । जतिबेला सेनलाई अमानवीय यातना दिने प्रहरी विक्रमसिंह थापा अहिले प्रहरीका एसएसपी छन् । ‘पत्रकार सेनको हत्यारासमेत किटान भइसकेकोले हत्यारालाई कारबाही होस् भन्ने हाम्रो अवाजा हो तर अहिले सम्म कारबाही होइन, हत्यारालाई पुरस्कृत गरिएको छ ।’–क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले भने । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाह, प्रेस चौतारीका गणेश बस्नेत, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला लगायतले पत्रकार सेनका हत्यारालाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies