Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

संविधान कार्यान्वयन चुनौतीपूर्ण : पौडेल

\"ramchandra\"तनहुँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको प्रेस युनियनको २५औँ वर्ष अर्थात् रजत वर्ष प्रवेश गरेको अवसरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा फलफूल वितरण कार्यक्रममा नेता पौडेलले सो कुरा बताएका हुन । संविधान कार्यान्वयन गर्न कार्यतालिका नै बनाएर काम गर्नुपर्छ नेता पौडेलले भने – “जगबाटै संविधान लागू गर्न सकेमात्रै संविधानको औचित्य हुन सक्छ ।” गाउँ विकास समितिलाई गाउँपालिकामा रुपान्तरण गर्दै नगरपालिकादेखि प्रदेशसम्मको स्थानीय चुनावपछि मात्रै राष्ट्रिय चुनाव गर्न सकिने उनको भनाई थियो । संविधान नबनुन्जेल संविधानको चिन्ता थियो नेता पौडेलले भने – “अहिले त्यही संविधान कसरी लागू गर्ने भन्ने विषयमा समस्या खडा भएको छ ।” व्यासनगरपालिका वडा नं ८ चापाघाटमा महिलाले सञ्चालन गरेको ज्येष्ठ नागरिक आश्रममा आश्रित १० जना ज्येष्ठ नागरिकलाई नेता पौडेलले दोसल्ला र फलफूलसमेत वितरण गरे । प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष वैकुण्ठ न्यौपाने, टे«ड युनियन काँग्रेसका सूर्यचन्द्र हडखले, नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका कार्यबाहक अध्यक्ष समुन्द्र पौडेल, प्रेस युनियन पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, फोटो पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोरा मिया, क्रान्तिकारी पत्रकार सङ्घ तनहुँका अध्यक्ष एसवी नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस सोसाइटीका केन्द्रीय सदस्य उज्ज्वल पौडेललगायतका वक्ताहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending