Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

एक पदीय संरचनामा जाने माओवादी केन्द्रको निर्णय

\"maoist काठमाडौं । विभिन्न माओवादी घटकहरुबीच एकता भइ बनेको नेकपा माओवादी केन्द्र अन्ततः एक पदीय संरचनामा जाने भएको छ । आइतबारदेखि बत्तिसपुतलीस्थित पार्टी प्यालेसमा बसेको एकतापछिको केन्द्रीय समिति बैठकले एक पदीय संरचना अनुसार नै जाने निर्णय गरेको हो । ६ सय ९९ सदस्यीय केन्द्रीय समिति रहेको केन्द्रमा पदाधिकारी भागबण्डामा कुरा नमिलेपछि एक पदीय संरचनामा जाने निर्णय भएको वैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । माओवादी केन्द्रको पहिलो दिनको बैठकमा प्रचण्डले एक पदीय संगठनमा जाने वा बहुपदीयमा जाने भन्नेमा दुवै विकल्प खुल्ला राख्दै सुझाव मागेका थिए । बहुपदीय संरचनामा जाँदा पाँच उपाध्यक्षसहित १३ पदाधिकारीको प्रस्ताव पनि प्रचण्डले विकल्पका रुपमा अघि सारेका थिए । पहिलो विकल्पमा अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र कोषाअध्यक्षसहित पोलिटव्यूरोसम्मका संरचना बनाउने अथवा दोस्रो विकल्प स्वरुप अध्यक्ष, कार्यालय टीम र पोलिटव्यूरोसम्मको संरचना बनाएर जानेबारेमा प्रस्ताव गरिएको थियो । पदाधिकारी बाँडफाँडमा विवाद भएपछि दोस्रो विकल्पमा जाने निर्णयमा नेताहरु पुगेका हुन् । बैठकमा पार्टीको तत्कालीन कार्यक्रम, आगामी राष्ट्रिय सम्मेलन कार्यविधि, शान्ति प्रक्रिया, सदन र सरकार लगायतका एजेन्डा पेश भएको छ । आइतबार पेश भएको एजेण्डामाथि छलफल शुरु भएको छ । नौ जनाको हेडक्वाटर वैठकले पार्टी हेडक्वाटरमा नौ जनालाई राख्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नौ जनाको हेडक्वाटर बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, मात्रिका यादव, मणि थापा, लगायत नौ जना रहने भएका छन् । ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने माेटामाेटी  सहमति भएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending