Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

एक पदीय संरचनामा जाने माओवादी केन्द्रको निर्णय

\"maoist काठमाडौं । विभिन्न माओवादी घटकहरुबीच एकता भइ बनेको नेकपा माओवादी केन्द्र अन्ततः एक पदीय संरचनामा जाने भएको छ । आइतबारदेखि बत्तिसपुतलीस्थित पार्टी प्यालेसमा बसेको एकतापछिको केन्द्रीय समिति बैठकले एक पदीय संरचना अनुसार नै जाने निर्णय गरेको हो । ६ सय ९९ सदस्यीय केन्द्रीय समिति रहेको केन्द्रमा पदाधिकारी भागबण्डामा कुरा नमिलेपछि एक पदीय संरचनामा जाने निर्णय भएको वैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । माओवादी केन्द्रको पहिलो दिनको बैठकमा प्रचण्डले एक पदीय संगठनमा जाने वा बहुपदीयमा जाने भन्नेमा दुवै विकल्प खुल्ला राख्दै सुझाव मागेका थिए । बहुपदीय संरचनामा जाँदा पाँच उपाध्यक्षसहित १३ पदाधिकारीको प्रस्ताव पनि प्रचण्डले विकल्पका रुपमा अघि सारेका थिए । पहिलो विकल्पमा अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र कोषाअध्यक्षसहित पोलिटव्यूरोसम्मका संरचना बनाउने अथवा दोस्रो विकल्प स्वरुप अध्यक्ष, कार्यालय टीम र पोलिटव्यूरोसम्मको संरचना बनाएर जानेबारेमा प्रस्ताव गरिएको थियो । पदाधिकारी बाँडफाँडमा विवाद भएपछि दोस्रो विकल्पमा जाने निर्णयमा नेताहरु पुगेका हुन् । बैठकमा पार्टीको तत्कालीन कार्यक्रम, आगामी राष्ट्रिय सम्मेलन कार्यविधि, शान्ति प्रक्रिया, सदन र सरकार लगायतका एजेन्डा पेश भएको छ । आइतबार पेश भएको एजेण्डामाथि छलफल शुरु भएको छ । नौ जनाको हेडक्वाटर वैठकले पार्टी हेडक्वाटरमा नौ जनालाई राख्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नौ जनाको हेडक्वाटर बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रको हेडक्वाटरमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, मात्रिका यादव, मणि थापा, लगायत नौ जना रहने भएका छन् । ५१ सदस्यीय सचिवालय र १५१ सदस्यीय पोलिटब्यूरो गठन गर्ने माेटामाेटी  सहमति भएकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: