Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतको हिमाञ्चल प्रदेशमा सडक दुर्घटनामा ३० को मृत्यु

\"india\"नयाँ दिल्ली । भारतको उत्तरी क्षेत्रमा अवस्थित हिमाञ्चल प्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार ती दुर्घटना हिमाञ्चल प्रदेशको किनाउर र चाम्बा जिल्लामा भएका हुन् । शनिबार बिहान किनाउर जिल्लामा एक जिप सडकबाट ३०४ मिटर तल खस्दा त्यसमा रहेका १३ जना यात्रुको ज्यान गएको छ । मारिनेमा दश जना एकै गाउका नागरिक रहेका छन् । स्थानीय प्रहरी अधिकारी सुरिन्दर मोहनले त्यस दुर्घटनामा परी अरु केही यात्रु घाइते भएको पनि जनाइएको छ । त्यसैगरी शुक्रबार राति अर्को जिल्ला चाम्बामा भएको यस्तै सडक दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परी थप २३ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । चाम्बा जिल्लाका प्रहरी अधिकारी अजय पराशरले भने– उक्त दुर्घटनामा परी सात जनाको घटनास्थलमै ज्यान गएको थियो भने थप दशको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । भारतमा यसरी सडक दुर्घटनामा परी ज्यान जाने विषय पछिल्ला दिनहरुमा सामान्यजस्तो बन्न पुगेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्कअनुसार भारतमा यसरी सडक दुर्घटनामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या वर्षेनी कम्तीमा पनि दुई लाख पुग्ने गरेको छ । भारत विश्वमा नै सडक दुर्घटनामा सबैभन्दा धेरै नागरिकको ज्यान जाने देशमा पर्दछ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending