Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी

\"ganatantra-diwas\"काठमाडौँ । प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसलाई यस पटक भव्य रुपमा मनाउन सरकारले आवश्यक तयारी थालेको छ ।

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति तथा मूल समितिअन्तर्गत विभिन्न विषयगत उपसमिति गठन भएका छन् । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको अध्यक्षतामा गठित प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले गणतन्त्र दिवससम्बन्धी समाचार सामग्रीलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

बैठकमा सरकारका प्रवक्ता राईले थप रचनात्मक र नयाँपन कार्यक्रमका साथ तीन दिवसीय रुपमा गणतन्त्र दिवस मनाउन सम्बद्ध सबैलाई आग्रह गरे । दिवसलाई बढीभन्दा बढी प्रभावकारी बनाउन र जनतामा राम्रो सन्देश दिन सरोकार भएका सबैले आआफ्नातर्फबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री राईको जोड थियो ।

गणतन्त्र दिवसका अवसरमा ‘राष्ट्रिय समाचार समिति’ राससले विशेष समाचार सामग्री सहज उपलब्ध गराउने तथा गोरखापत्रले विशेषाङ्क प्रकाशन गर्ने भएका छन् । त्यस्तै ‘नेपाल टेलिभिजन’ र ‘रेडियो नेपाल’ले गणतन्त्र दिवससम्बन्धी समाचार तथा समाचार सामग्रीलाई महत्वका साथ प्रसारण गर्ने तथा दिवसको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । बैठकले नेपाल टेलिकम र एनसेललाई दिवसका अवसरमा जनतामा शुभकामना सन्देश प्रवाह गर्न आग्रह गरेको छ ।

कार्यक्रममा सञ्चार मन्त्रालयका उच्च अधिकारी, सरकारी सञ्चारमाध्यमका प्रमुख, सञ्चारसम्बन्धी संस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । नेपालमा २०६५ साल जेठ १५ गते तत्कालीन संविधानसभाले राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको हो ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: