Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

हनुमन्ते खोलाको जग्गा ब्लक फ्याक्ट्रीले कब्जा गर्दा पीडितले न्याय पाएनन्

[caption id=\"attachment_74577\" align=\"aligncenter\" width=\"1024\"]\"????????????????????????????????????\" भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा २ र ५ (बालकोट साबिक ३ र ९ ) मा पर्ने हनुमन्ते खोला स्थित ब्लक फ्याक्ट्रीले गत सात वर्ष देखि जमिन अतिक्रमण गर्दा करिब एक सय जना जग्गा धनी पीडित बन्दै आएका छन् । [/caption] पुनराबेदन अदालत, जिल्ला प्रशासन कार्यालय स्थानीय मध्यपुर थिमी र अनन्तलिड्गेश्वर नगरपालिकाले सप्रमाण जग्गा धनीको नाममा प्रमाण दिलाए पनि पीडित पक्षले जग्गा भोगचलन गर्न पाएका छैनन् । सो क्षेत्रमा एक सय घर परिवारको गरी करिव ४० रोपनी जग्गा खोलामा परेको र ब्लकफ्याक्ट्रीले साबिकको खोला अतिक्रमण गरेको पीडित पक्षको गुनासो छ । पीडित पक्षले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो नाममा लालपुर्जा भएकाले जग्गाको भोगचलन गर्न पाउनुपर्ने माग गरेका छन । उनीहरुले संविधानले दिएको सम्पत्ति भोगचलनको अधिकारबाट वञ्चित हुँदासमेत स्थानीय प्रशासनबाट अपहेलित हुनुपरेको गुनासो गरेका छन् । पीडित जग्गाधनी प्रदिप कार्कीले पुनरावेदन अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन स्थानीय निकाय आदिबाट जग्गा भोकाधिकारका लागि निर्णय भए पनि उक्त निर्णय हालसम्म कार्यान्वयन गर्नमा प्रशासन नै बाधक भइरहेको बताए । उनका अनुसार विभिन्न सरकारी निकायले दिएको प्रमाण अनुसार ब्लकफ्याक्ट्रीले सात वर्षदेखि साबिकको खोलो जग्गा धनीको तर्फ बगाइ गैरकानुनीरुपमा जग्गा कब्जा गरेको छ । स्थानीय प्रशासन र नगरपालिकाले पीडित जग्गाधनीको भन्दापनि ब्लकफ्याक्ट्रीको पक्षपोषण गर्दै आएकाले पीडितले न्याय पाउन नसकेका हो । अर्का पीडित जग्गा धनी शिबशरण खत्री आफ्नो नाममा भएको जग्गा आफैंले उपयोग गर्न नपाउँदा समेत आफूले राज्यबाट न्याय नपाएको दुःखेसो गर्छन । अब अति भयो सात वर्षदेखि हामीले जग्गा प्राप्त गर्ने प्रयास गर्दा समेत जग्गा पाएनौं अब कानुनी रुपमा खोलाको धार साबिकै स्थानमा परिवर्तन गरी जग्गा उपभोग गर्न पछी पर्दैनौं । गत वैशाख १५ गते नापी कार्यालय भक्तपुरले स्थलगत अध्ययन गरी जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरेको प्रतिवेदन अनुसार २०२१ सालमा नापी हुँदाको बखत जुन अवस्थामा खोलो थियो सोही अवस्थामा खोला कायम गरी तत्काल खोला वरिपरीका जग्गाहरु नापी गरी श्रेष्ता कायम भएको छ । केही समयपछि हनुमन्ते खोलामा बाढी आइ खोलाले धार परिवर्तन गर्दा निजी जग्गाबाट खोला बगेको र खोलाले साबिकको बगेको ठाउँ छोडेको साबिक खोलाले छाडेको जग्गा मध्ये केही भाग अनाधिकृतरुपमा अन्य व्यक्तिले (ब्लकफ्याक्ट्री) भोगचलनमा ल्याएको र निजी जग्गामा खोला बगी जग्गाधनीलाई मर्का परेको भन्ने उल्लेख छ । जग्गा धनीले आफ्नो जग्गा संरक्षण गर्न खोज्दा विभिन्न राजनीतिक शक्ति केन्द्रको आडमा सो ब्लकफ्याक्ट्रीले स्थानीय गुण्डा फटाहाहरु प्रयोग गरी उल्टै सडक बन्द गर्ने, नाराबाजी गर्ने, पीडित जग्गा धनीलाई भू–माफियाको आरोप लगाउने कार्य गर्दै आएको समेत पीडित सुमन कार्कीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies