Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पुनःनिर्माणका लागि आजदेखि स्वयंसेवक परिचालन

\"earthquake-restructure-office\" काठमाडौं । भूकम्पबाट ध्वस्त संरचनाहरु पुनःनिर्माणका लागि शुक्रबारदेखि स्वयंसेवक परिचालन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पपीडितको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले जेठ ७ गतेदेखि २१ गतेसम्म १५ दिनका लागि स्वयम्सेवक परिचालन गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्णय गरेको थियो । विभिन्न राजनीतिक दलले पुनर्निर्माणका लागि स्वयंसेवक खटाउने बताएपछि प्राधिकरणले १५ दिन स्वयंसेवक परिचालन गर्न सकिने निर्णय गर्यो । तर फिल्डमा पठाउने स्वयंसेवकको भने अझै टुंगो लाग्न सकेको छैन । प्राधिकरणले स्वयम्सेवक परिचालन गर्न चाहने सङ्घसंस्था वा राजनीतिक दलले सम्बन्धित गाविस वा नगरपालिकामा जेठ ५ गतेभित्र दर्ता गराइसक्नुपर्ने निर्देशिकामा नै उल्लेख गरेको थियो । प्राधिकरणले तयार पारेको निर्देशिकामा पुनःनिर्माणमा खटिने स्वयंसेवकलाई पारिश्रमिक नदिने तथा यातायात, बसोबास तथा खानपानको व्यवस्था लगायत अन्य सबै खर्च आफँै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । स्वयम्सवेकलाई सरकारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्दा सम्बन्धित गाविसका सचिव÷नगरपालिकाका कार्यकारी अधिकृत र समृद्ध लाभग्राही घरधनीबीच हुने अनुदान सम्झौतामा सहजीकरण गर्ने कार्यक्षेत्र पनि प्राधिकरणले तोकेको छ । त्यस्तै हालसम्म पनि पालमुनि बसिरहेका भूकम्पपीडितलाई आगामी वर्षात् सुरु हुनु अगावै व्यक्तिगत वा सामूहिक अस्थायी आवासमा ल्याउने कार्यमा सहयोग पु¥याउने कार्यक्षेत्र तोकिएको छ । सहयोग गर्न चाहने स्वयंसेवक सम्बन्धित जिल्लाका बासिन्दा हनुपर्ने तथा शारीरिक रुपमा तन्दुरुस्त हुनुपर्ने समेत निर्देशिकामा उल्लेख छ । स्थायी वा अस्थायी आवासको निर्माणमा संलग्न हुन चाहने स्वयंसेवकले सहरी विकास मन्त्रालय अन्तरगतका सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईले तोकेका प्रशिक्षकहरुबाट अनुशिक्षण तालिम लिनुपर्ने प्राधिकरणले जनाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: