Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

संघीय गठबन्धनलाई धक्का : टुक्रियो आन्दोलनकारी

\"104c2a\" काठमाडौं । लामो समय मधेसमा आन्दोलन गरेपनि राज्यले उचित सम्बोधन नगरेपछि राजधानी पसेको मधेसवादी दलहरुमा फुट सुरु भएको छ । उपेन्द्र यादवले संघीय गठबन्धनमा आन्तरिक छलफलनै नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै गठबन्धनभित्रका मधेसी मोर्चाले विरोध र असहमति जनाएका छन् । हाल उक्त सहमति अन्तिम विन्दुमा पुगेको बताइएको छ । केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका गठबन्धनमा आबद्ध तीन दलले गठबनधनबाटै अल्लगिएका छन् । लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले एक विज्ञप्ति जारी गरी उपेन्द्र यादवको नेतृत्वमा रहेको आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको बताउँदै अलगिने निर्णय गरेका हुन् । गठबन्धनले संयुक्त्त लोकतान्त्रिक मधेसी मोर्चाको अस्तित्वलाई स्वीकार गर्न नसकेकोले यस गठबन्धनको कुनै औचित्यनै रहेको विज्ञप्तिमा उल्लेख छ । गठबन्धनका संयोजक यादव गठबन्धनको माग छाडेर आफ्नै पार्टीलाई मात्रै हरेक ठाउँमा हावी गराएको र अरू स–साना दलहरूप्रति नकारात्मक हुँदै गएकोमा आफूहरुले असहमति जनाएको उनीहरुले प्रष्ट्याएका छन् । उनीहरूले सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा समेत गरेका छन् । यता, १ लाख आन्दोलनकारीलाई उतारेर सिंहदरवारलाई धक्का दिने योजना बनाएका गठबन्धन भित्रै बिवाद बढ्दा आन्दोलनको अघिल्लो दिनमा हृदयश त्रिपाठी नवलपरासीतिर झरेका थिए । कुमार लिङ्देनको लिम्बुवान पार्टीमा पनि बिबाद देखिएको छ । खगेन्द्र माखिम समूहले लिङ्देन कारबाहीमा परेका व्यक्ति भएको भन्दै गठबन्धनको आन्दोलनमा सहभागी भइरहेको छैन । गठबन्धनमा कुमार लिङ्देन एक्लो व्यक्ति सहभागी भएका हुन् । खगेन्द्र माखिम समूहले गठबन्धनको आन्दोलनमा सहभागिता जनाएको छैन । काठमाडौं केन्द्रित आन्दोलना सहभागी हुन नपरोस् भन्दै महन्थ ठाकुर दिल्लीमा रहेका कारण आन्दोलनमा उपस्थिती नरहेको बताइ रहँदा राजेन्द्र महत्तो र उपेन्द्र यादवबीचको विवाद चुलिएसँगै आन्दोलन तुहिएको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: