पर्सा । नेपाल सरकारले भन्सार छुटमा उपलब्ध गराएको इन्धन बिक्री गरी कालोबजारी गरेको अभियोगमा प्रहरीले वीरगन्जको अलौमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी आइसिपीका खरिद व्यवस्थापक सहित तीन जनालाई पक्राउ गरेको छ ।
सुहलियत दरमा सरकारले उपलब्ध गराएको १२ हजार लि डिजल निजी पेट्रोल पम्पलाई बिक्री गरेको अभियोगमा प्रहरीले आइसिपीका खरिद व्यवस्थापक भारत झारखण्ड निवासी नितिनकुमार डालमियासहति तीन जनालाई पक्राउ गरेको हो ।
भारतबाट भन्सार छुटमा भित्र्याइएको डिजल वीरगन्ज उपमहानगरपालिका– २०मा अवस्थित श्रीराम पेट्रोल पम्पमा बिक्री गर्दैको अवस्थामा प्रहरीले छापा मारी गरी डब्लु बी५३डी८४१६ नंको ट्यांकर चालक भारत विहार बेगुसराय निवासी धर्मेन्द्र साह र पेट्रोल पम्प सञ्चालक प्रदीप यादवलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
अभियुक्त तीनै जनामाथि कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपाल–भारत सरकार बीच भएको सम्झौता अनुसार आइसिपीलाई अवस्यक पर्ने इन्धन नेपाल सरकारले भन्सार छुटमा उपलब्ध गराउने सहमति भएको थियो ।
सहमति अनुसार आइसिपीका लागि २०६७ सालमा दुई लाख लि इन्धन छुटमा उपलब्ध गराइएको थियो भने २०७२ सालमा १३ लाख लि इन्धन छुटमा दिने अर्थ मन्त्रालयले इजाजत दिएको वीरगन्ज भन्सार कार्यालयका निमित्त प्रमुख लोकराज पन्तले जानकारी दिए।
अर्थ मन्त्रालयको अनुमति अनुसार हालसम्म आइसिपीलाई दुई लाख लि इन्धन उपलब्ध गराइएको र ११ लाख लि इन्धन उपलब्ध गराउन बाँकी रहेको निमित्त प्रमुख पन्तले बताए ।
आइसिपीका लागि इन्धन उपलब्ध गराउँदा प्रतिलि रु ९ देखि १० भन्सार छुट दिने गरिएको वीरगन्ज भन्सारले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: