Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

यस्तो थियो, माओवादी एकताको रौनक

\"Dffcf]jfbL

काठमाडौँ । दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहोर्याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिका छन् ।

बबरमहलको कार्की पार्टी प्यालेसमा दश विभिन्न माओवादी घटक एकीकृत भइरहँदा मोहन वैद्य नेतृत्वको नेकपा९क्रान्तिकारी माओवादी०, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवशंसोधनवादी’को सङ्ज्ञा दिँदै वक्तव्य जारी गर्दै थिए ।

एकता प्रक्रियामा सहभागी हुन नवघोषित पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा अपिल गरिहँदा वैद्यले भने वक्तव्यमार्फत एकतालाई अस्वीकार गर्नुभयो । एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी विद्रोही समूह, वामपन्थी मोर्चालगायत दश घटकको एकतासभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “वैद्य कमरेड आउनुस्, एकता गरौँ, विवाद भएसँगै बसेर समाधान गरौँला ।”

उनले वैद्यलाई मात्रै होइन एमाओवादी रातो स्टिकर लागेको घर भन्दै नयाँ शक्ति अभियानमा लाग्नु भएका डा बाबुराम भट्टराईलाई पनि बुर्जुवाहरु बोकेर नहिँड्न र एकता प्रक्रियामा आउन आग्रह गर्नुभयो । उनले भने, “आजै यसै मञ्चबाट बाबुरामजीलाई पनि एकतामा आउन आग्रह गर्दछु । उहाँ अलग्गै रहेर सुख पाउने स्थिति छैन, नयाँ शक्ति छाड्नुहोस् र नयाँ माओवादीमा आउनुहोस् ।”

जनयुद्धका समयमा क्रान्तिकारी जनपरिषद्को संयोजक रहनुभएका डा भट्टराईले जे सुकै भने पनि छुट नपाउने बताउँदै अध्यक्ष प्रचण्डले भने, “बाबुरामको आदेशमा मारिएका सहिद परिवारलाई तपाईँ के उत्तर दिनुहुन्छ । आउनुस् सँगै बसेर उत्तर खोजौँ ।”

आज बिहानैदेखि बसेको माओवादी घटकको संयुक्त अधिवेशनले पार्टीको नयाँ नाम जुरायो र घोषणासभामा रामबहादुर थापाले नयाँ पार्टीको घोषणा गर्न अध्यक्ष दाहाललाई आग्रह गर्दा हल तालीले गुन्जायमान भएको थियो ।

शान्ति प्रक्रिया र संविधान लेखनको विषयमा फरक मत राख्दै विसं २०६९ असारमा एकीकृत नेकपा९माओवादी०बाट विभाजित भएको माओवादीको ठूलो समूह एकता प्रक्रिया सहभागी भइरहँदा राजधानी काठमाडौँमा हल्का वर्षा भइरहेको थियो ।

यस्तै २०७१ मङ्सिर ८ गते बुद्धनगरमा गएर नेत्रविक्रम चन्द र खड्गबहादुर विकले वैद्य नेतृत्वको माओवादीसँग सम्बन्ध विच्छेद गरेको भन्दै वैद्य र महासचिव थापालाई लिखित पत्र प्रदान गर्नुभएको थियो । विसं २०७२ कात्तिक २२ गते वैद्य नेतृत्वको नेकपा–माओवादी र परी थापा नेतृत्वको नेकपा९एकीकृत०बीच पार्टी एकता गरियो र नाम नेकपा९क्रान्तिकारी माओवादी बनाइयो ।

एकता प्रक्रियाका विषयमा बोलाइएको सो पार्टीको केन्द्रीय समितिको बैठकले कुनै निर्णय नगरेपछि नेकपा९क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापासहित १२४ जना नेताले जेठ १ गते एमाओवादीसँग एकताको औपचारिक निर्णय ग¥यो । जुन आज आएर एकता प्रक्रियामा रुपान्तरित भएको छ ।

नेकपा चौम, नेकपा मशाल ,नेकपा चौथो महाधिवेशनऽ नेकपा एकता केन्द्र नेकपा माओवादी, एकीकृत नेकपा माओवादी हुँदै अहिले नेकपा माओवादी केन्द्रमा रुपान्तरित भएको छ । दशवर्षे जनयुद्धका सहयात्री वैद्य, चन्द र डा भट्टराई हाल पनि फरक पार्टीमा छन् । उनीहरु पनि क्रमशः एकता प्रक्रियामा सहभागी हुने नवघोषित पार्टीका नेता थापाको कथन छ ।

जम्बो केन्द्रीय समिति

नवघोषित पार्टीको केन्द्रीय समिति ६९९ रहने जनाइएको छ । सबै केन्द्रीय सदस्यलाई गाउँगाउँमा पठाएर सङ्गठन सुदृढीकरण गरिने र जनतालाई फेरि एकताबद्ध र सङ्गठित गरिने अध्यक्ष दाहालको भनाइ छ ।

एकता प्रक्रियामा सहभागी हुनुभएका मातृका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्तालाई समावेश गर्दा केन्द्रीय समिति जम्बो भएको बताइन्छ । तर घोषणासभा पार्टीको पदाधिकारी नाम भने घोषणा गरिएन ।

सम्बद्ध पक्षकाअनुसार उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिवमा रामबहादुर थापा, उपमहासचिवमा कृष्णबहादुर महरा, सचिवमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, देवप्रसाद गुरुङ, पम्फा भुसाललगायत रहनेछन् । केन्द्रीय समितिका आधारमा पदाधिकारीको सङ्ख्या पनि बढ्ने जनाइएको छ ।

सहिद परिवारले रुनु पर्दैन

एकता घोषणासभामा भावुक देखिनु भएका अध्यक्ष दाहालले माओवादी विभिन्न टुक्रामा विभक्त हुँदा असाध्यै पीडामा रहेका सहिद परिवार, बेपत्ता योद्धाका परिवारले अब रुनु नपर्ने बताए । पार्टी विभिन्न टुक्रामा विभक्त हुँदा सहिद परिवार, घाइते र अपाङ्गता भएका परिवारमा ठूलो पीडा भएको भन्दै उहाँले आफूहरु आँशु पुछ्न घरदैलोमा नै आउने वाचा गरे । “माओवादी विभाजित हुँदा सहिद, बेपत्ता परिवारको प्रश्नले निकै पीडा हुने गरेको थियो”–अध्यक्ष प्रचण्डले भने, “आज गर्वका साथ भन्न सक्छु, तपाईँहरुको आँशु पुछ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

एक वर्षभित्र महाधिवेशन गरिने

एकीकृत पार्टीको आगामी एक वर्षभित्र महाधिवेशन गरिने सो अवसरमा जानकारी गराइयो । महाधिवेशन आयोजक समितिको संयुक्त बैठकले नयाँ जनवादी क्रान्तिलाई पूर्णताः दिएर समाजवादी क्रान्ति गर्ने नयाँ कार्यनीति पारित गरेको छ ।

बाँकी जनाअधिकार पूरा गराउन सदन, सडक र सरकारबाट सङ्घर्ष गर्ने कार्यनीति पारित गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । नयाँ पार्टीले पूरानो कार्यशैली अपनाउँदैन, जनताको दुखमा साथ दिने उहाँको भनाइ थियो । घोषणासभामा सहभागी माओवादीका कार्यकर्ता एक आपसमा खुसी साटिरहेका थिए । सभामा गायक तथा सङ्गीतकार चेतन सापकोटाको गीतले भनिरहेको थियो, “साथीहरु हो, क्रान्ति अझै बाँकी छ, मिल्नुको विकल्प छैन ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending