Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

यसरी बन्यो माओवादीको एउटै केन्द्र, एमाओवादी भयो विघटन

\"maoist काठमाडौं । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि बनेको एकीकृत नेकपा माओवादी विहीबारबाट औपचारिक रुपमै विलिन भएको छ । शान्ति प्रक्रियामा आएसँगै विभाजित भएका माओवादी समूहरुसँग एकता घोषणासँगै एमाओवादी विलिन भएको हो । विभाजित माओवादी समूहहरुको एकतापछि नेकपा माओवादी केन्द्र बनाइएको छ । झण्डै ६ सय सदस्य रहेको एकतापछिको केन्द्रीय समितिको अध्यक्ष भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बनाइएको छ । पहिलो संविधानसभाको निर्वाचन लगत्ते जब नारायणकाजी श्रेष्ठ प्रकाशसँग एकता गरी एकीकृत नेकपा माओवादी बनाइयो, त्यतिबेला नै माओवादीका मधेसका हस्ती मानिने मात्रिका यादव एकीकृत पार्टीमा गएनन् । उनले पुरानै माओवादीलाई पुनर्गगठन गरेको भन्दै नेकपा (माओवादी)को संयोजक बने । मात्रिकाजस्तै अर्का माओवादीका अर्का नेता सांस्कृतिक फाँटका धरोहर मणि थापा पनि एकीकृत पार्टीमा रहेनन् । शान्ति प्रक्रियाको लामो समयसम्म एकै ठाउँमा रहेका रामबहादुर थापा बादल भने चार वर्षअघि ०६९ असार ४ गते मोहन वैद्य ‘किरण’सँगै एमाओवादीसँग सम्बन्ध विच्छेद गरेका थिए । एमाओवादीसँग अलग भएका वैद्य–बादलले नेकपा ड्यास माओवादी बनाए । वैद्य नेतृत्वको ड्यास माओवादीले दोस्रो संविधानसभा बहिष्कार मात्र गरेन, संविधानसभाको निर्वाचन नै विथोल्न हरसम्भव प्रयास गर्यो । तिनै बादल हुन्, जसले दोस्रो संविधानसभाको निर्वाचनमा हम्मर उठाएर सांकेतिक रुपमा मतपेटिका फोडेका थिए । एमाओवादीले गरिखाँदैन भन्दै क्रान्ति गर्नुपर्ने हुँकारका साथ वैद्यबादलसँगै आएका नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैद्यसँग पनि पुनः दुई वर्षपछि नै डिभोर्स गरे । ०७१ मंसिर ८ गते बुद्धनगरस्थित माओवादी कार्यालय गएर विप्लवले ड्यास माओवादीका अध्यक्ष वैद्य र तत्कालिन महासचिव बादल डिभोर्स पत्र बुझाए थिए । विप्लवले वैद्य माओवादी छाडेपछि माओवादी आन्दोलनकी महिला नेतृ जयपुरी घर्ती पनि निश्क्रिय बनिन् । माओवादी विभाजनसँगै केही एकता पनि हुने गरेका थिए । ०७२ कार्तिक २२ मा वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा(एकीकृत)बीच पार्टी एकता गरियो । पार्टी एकतापछि ड्यास माओावादी नेकपा नेकपा क्रान्तिकारी माओवादी बन्यो । परि थापासँगको एकतापछि वैद्य माओवादीले एमाओवादीसँग पनि एकता गर्ने निर्णय लियो । जसका लागि वार्ता टोलीहरु बने र संवादहरु गरिए । एकताकै लागि निर्णय गर्न भन्दै गएको चैत १२ देखि २८ गतेसम्म केन्द्रीय समिति बैठक नै बस्यो । तर वैद्यले विचारमा एकरुपता नआएको भन्दै एकतामा जान अस्वीकार गरेपछि बादलले फरक मत राख्दै एकतामा जाने निर्णय गरे । गत जेठ १ गते बादलले नै केन्द्रीय समिति बैठक बोलाएर आफ्नो संयोजकत्वमा बहुमतको निर्णय भन्दै नेकपा क्रान्तिकारी माओवादी पुनर्गठनको घोषणा गरेका थिए । बादलको सोही समूह पनि विहीबार गरिएको माओवादी केन्द्रमा समाहित हुँदै विलिन भएको छ । विभिन्न माओवादी समूहबीच पार्र्टी एकता घोषणा गरिए पनि वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादी भने फेरि पनि अस्तित्वमा रहने भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: