Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

माओवादी एकताको सन्देश

\"maoist टिप्पणी काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादीहरु फेरि एक ठाउँमा उभिएका छन् । माओवादी विभाजनले गर्दा निराश बनेका माओवादी कार्यकर्ताहरुलाई केही हदसम्म भएपछि खुशीको सञ्चार भएको छ । माओवादी विभाजनले गर्दा प्राप्त सीमित उपलब्धीहरुसमेत गुम्ने खतरा पनि उत्तिकै बढिरहेकाबेला सबै माओवादीहरु एक ठाउँमा आउन नसके पनि ठूलो हिस्सा एकतामा आएको छ । सर्वहारा बर्गको मुक्तिको लागि भन्दै २०५२ सालमा नेपालमा सशस्त्र जनयुद्ध शुरु गरेको माओवादी आन्दोलन उसले लिएको सर्वहारा वर्गीय नीति र सिद्धान्तकै कारण छोटो समयमा नै निकै ठूलो उपलव्धी हासिल गर्न सफल भएको थियो । माओवादी विभाजनका कारण परिवर्तका विरोधीहरु अर्थात गणतन्त्र र संघीयताका विरोधीहरु कमजोर बन्दै गयो भने माओवदी दिन प्रतिदिन बलियो राजनीतिक शक्तिमा उदयमान भयो । अन्ततः माओवादी शसस्त्र आन्दोलनको जगमा ७ दलसँग भएको १२ बुँदे समझदारीका आधारमा भएको शान्तिपूृर्ण जनआन्दोलन मार्फत नेपालमा २४० बर्षदेखि शासन गरिरहेको सामन्ती राजतन्त्रको अन्त्य भएर गणतन्त्र नेपालको उदय भयो । जुन कुरा सुदृढ र अविभाज्य माओवादीबाट सम्भव पनि भयो । गणतन्त्रको महत्वपूर्ण एजेण्डासहित पहिलो संविधानसभाको चुनावमा होमिएको माओवादी उसका महत्वपूर्ण एजेण्डाका कारण जनताको विश्वास जित्न सफल देशकै कारण बैधानिक रुपमा पनि मुलुककै सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो । जब देशमा शान्तिप्रक्रिया सँगै माओवादी पार्टी सरकामा गयो तव उसमा क्रान्तिकारी धार मत्थर हुदै गएको आम कार्यकर्ताले महशुस गर्न थाले । संसदीय अभ्यास र अनुभवको कमी साथै आफूले भनेजस्तो बहुमत प्रप्त गर्न नसकेको कारण माओवादी पार्टी पहिलो पार्टी भएता पनि जनताले अपेक्षा गरेअनुसारको काम गर्न सकेन । दिन प्रतिदिन पार्टी भित्रको अन्तरविरोध माओवादी विभिन्न टुटफुट गुट–उपगुटको शिकार बन्न पुग्यो । जसले क्रान्तिकारी जनता र कार्यकर्ता पंक्तिलाई निराश गराउने काम गर्यो भने माओवादी पार्टी आफैमा कमजोर बन्दै गयो । जसले गर्दै निकै ठुलो बलिदान र त्यागमा स्थापित गरेको गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता जस्ता एजेण्डाहरु नै धरापमा परेको छ । गणतन्त्रका लागि जनयद्ध लडेका इमान्दार कार्यकर्ताहरुमाथि मुद्दा लगाउने तर हिजोका परिवर्तन विरोधीहरु माओवादी नेताको टाउकाको मुल्य तोक्नेहरु भने हावी बन्ने स्थिति देखापरेपछि माओवादीहरु एक ठाउँमा उभिने स्थिति पैदा भयो । जसले परिवर्तनका विरोधीहरुलाई सशंकित बनाएको छ भने माओवादी विभाजनले निराश बनेका परिवर्तनका आकांक्षी आम जनसमुदाय, शहिद तथा वेपत्ता परिवार तथा घाइतेहरुमा पुनः एकपटक नयाँ रक्त सञ्चार गरेको छ । अहिले भएको एकतालाई मजबुत गर्दै माओवादी युद्धका सबै सिपाहीहरु एक ठाउँमा उभिन जरुरी छ । जसका लागि बन्दै गरेको माओवादी एकता केन्द्रले अहिले एकतामा नआएका माओवादी नेताहरु मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि एक ठाउँमा ल्याएर जनताका सामु हिजो गरेका बाचाहरु पूरा गर्न जरुरी छ । माओवादी आन्दोलन कमजोर भएकै कारण जनयुद्धकालीन मुद्दाहरु ब्युँताएर माओवादी नेता–कार्यकर्ताहरुलाई जेल हाल्ने प्रयत्नहरु भइरहेका छन् । यसका लागि पनि माओवादीहरु एक ठाउँमा उभिन जरुरी छ । माओवादीले उठाएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिकजस्ता एजेण्डाहरुले माओवादीप्रतिको अकर्षण बढेपनि माओवादी विभाजनले गर्दा आफ्नै एजेण्डासमेत कमजोर बन्दै गएको अवस्था छ । यो अवस्थामा निराश बनेका माओवादीप्रति आस्था राख्ने जो कोहीलाई थोरै भए पनि राहत दिएको छ । तर आगामी दिनमा माओवादीले गरेका प्रतिवद्धताहरु भने पूरा गर्छन कि गर्दैनन् । त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: