Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

माओवादी एकता र चुनौती

लामो समयसम्मको बहस र छलफलपछि अन्ततः राजनीतिक विकासक्रमसँगै विभाजित माओवादीहरु एकै ठाउँमा उभिएका छन् । माओवादी पार्टीले विभिन्न समयमा उठाएका मुद्दाहरु क्रमशः कमजोर बन्दै गएपछि त्यसलाई जोगाउन र माओवादी आन्दोलनलाई बलियो बनाउन माओवादीहरुले एकताको लागि लिएको पहलकदमीले कार्यकर्तामा खुशी छाएको छ । विहीबार माओवादी पार्टीहरुबीच एकीकरण हुने खबरले कतिपय संशकित छन् भने कतिपय खुशी छन् । राजनीतिमा एक पक्ष बलियो हुँदा अर्को पक्ष संशकित हुनुलाई हामीले अन्यथा लिनु हुँदैन । एक हिसाबले भन्ने हो अब माआवादी पार्टी बलियो हुँदैछ । तर यतिबेला संशकित पक्षले बलियो भूमिका निभाउँदै एकताको माहौलमा हौसिनेहरुलाई फसाउन नसकिएला भन्न सकिन्न । तसर्थ यतिबेला माओवादी नेतृत्व सचेत हुन जरुरी छ । [caption id=\"attachment_71101\" align=\"alignleft\" width=\"285\"]\"बुद्धलोप्चन\" बुद्धलोप्चन[/caption] विगतमा नेतृत्वप्रति असन्तुष्टि जनाउँदै माओवादी पार्टी टुक्राटुक्रामा विभाजित हुँदा ताली बजाएर चिया पसलमा गफको विषयवस्तु बनाउनेहरु यतिबेला एकताको खबरले संशकित र चिन्तित छन् । फुटेका माओवादी एक हुनै सक्दैनन् भनेर दावी गरेकाहरु आज चकित छन् । विभिन्न बखेडा झिकाई पार्टी फुटाउने देशी विदेशी शक्तिहरु आश्चर्यमा छन् । त्यति मात्रै होइन एकताको खबरले अन्य राजनैतिक दलका नेताहरु पनि संशकित छन् । पहिलो संविधानसभामा मिलेर चुनावमा जाँदा पहिलो दल बनेका माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो दल बन्यो । जतिबेला मोहन वैद्य (किरण) नेतृत्वको पार्टी औपचारिक रुपमा विभाजन भइसकेको थियो । त्यसको क्षति निश्चय पनि माओवादी र त्यसका नेतृत्वकर्ता पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको एमाओवादीले व्यहोर्नुप¥यो । र त्यसैको आवरणमा अन्य राजनैतिक दलले फाइदा उठायो । हो, आज तिनै फाइदा लिएका राजनैतिक दलहरु संशकित छन्, यसलाई सिंगो माओवादी नेतृत्वले स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्दछ । प्रचण्ड नेतृत्वको एमाओवादी, रामबहादुर थापा (बादल) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मणि थापा नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टी एक हुँदै गर्दा कार्यकर्ताको मनमा हजारौँ प्रश्न उब्जिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा माओवादी उठाएका एजेण्डा र मुद्दाहरु पार्टी विभाजित हुँदा क्रमशः कमजोर बन्दै गएको अवस्थामा त्यतिबेलाका नेतृत्वहरु एक भएको बेला कार्यकर्ताको मनमा प्रश्न उब्जिनु अस्वभाविक होइन ।
एकताको सन्देशले कार्यकर्तामा आशा त पलाएको छ नै यससँगै मनमा उब्जिएका हजारौँ प्रश्नसँग जोडिएर उनीहरु निरास पनि छन् । एकता प्रक्रियामा वैद्य किन छुटे ? विप्लव किन आएनन् ? एकतापछि पूरा हुन्छ त जनताको सपना ? यी प्रश्नहरुले कार्यकर्ताको मनमा खुल्दुली ल्याएको छ ।
एकताको सन्देशले कार्यकर्तामा आशा त पलाएको छ नै यससँगै मनमा उब्जिएका हजारौँ प्रश्नसँग जोडिएर उनीहरु निरास पनि छन् । एकता प्रक्रियामा वैद्य किन छुटे ? विप्लव किन आएनन् ? एकतापछि पूरा हुन्छ त जनताको सपना ? यी प्रश्नहरुले कार्यकर्ताको मनमा खुल्दुली ल्याएको छ । जनयुद्धमा त्यतिबेला कमाण्डर प्रचण्डलाई नजिकबाट सहयोग गरेका दार्शनिक क्षेत्रमा अब्बल नेता वैद्य एकता प्रक्रियाबाट छुट्दा हजारौँ कार्यकर्ता निरास छन् । यी निरास र प्रश्नै प्रश्नको चाङभित्र रहेर आज कार्यकर्ताले माओवादीबीचको एकतालाई स्वीकार्न बाध्य छन् । माओवादी कार्यकर्ता वैद्य मात्रै होइनन्, नयाँ शक्तिमा लागेका बाबुरामलाईसँगै देख्न चाहन्छन् । जनयुद्धका क्रममा भएका घाइते, अपाङ्ग, शहिद परिवार, वेपत्ता परिवारका सदस्यले जनयुद्धका नेतृत्वकर्ता वैद्य, बाबुराम, प्रचण्ड अनि बादलसँगै भएको देख्न चाहन्छन् तर आज त्यो किन भएन ? प्रश्न निरन्तर उठिरहन्छ । समयको विस्तारक्रमसँगै राजनैतिक नेतृत्वमा बिमत्ति आउनु अस्वभाविक होइन । पार्टीको रणनीति र कार्यदिशामा असन्तुष्टि जनाउँदै पार्टी विभाजनसम्म पुगेका वैद्यलाई आज एकतामा किन ल्याउन सकेनन् ? यही प्रश्नले कार्यकर्तामा निराशापन ल्याएको छ । \"Baburam_and_prachanda\"वैद्यकै नेतृत्वमा पार्टी फुटाएर गएका बादल आज एकतामा आएका छन् । सिङ्गो पार्टीको नेतृत्व उसैले गरेका छन् । बादल र प्रचण्डबीचमा असहमतिका विषयमा कुरा मिलेको छ तर वैद्यसँग किन मिलेन ? एकतामा वैद्यलाई सहभागी हुनुपथ्र्यो र हुनुपर्छ भन्ने कार्यकर्ताको अन्तिमसम्मको मान्यता हो । तर पुरानै डम्फु बजाएर पुरानै भाकाको गीतलाई दोहो¥याउँदै त्यसमा तलमाथि गरी सहमतिमा आउन चाहँदैन भने उसलाई ल्याउनैपर्छ भन्ने कुनै जरुरत छैन । सवाल यति हो, कार्यकर्ता प्रचण्ड, वैद्य, बाबुराम र बादलसँगै भएको देख्न चाहन्छन् । संविधानलाई हेर्ने दृष्ट्रिकोण र जनवादी क्रान्ति या समाजवादी क्रान्ति भन्ने विषयमा अन्तिमसम्म वैद्यको मतभेद रह्यो । बल्लबल्ल संविधानलाई हेर्ने दृष्ट्रिकोणमा सहमति त ल्याइयो तर जनवादी क्रान्तिको विषयमा वैद्य एक इन्च पनि तलमाथी हुन चाहेनन् । बरु बादल त्यसमा लचकता अपनाउँदै जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको कार्यदिशालाई स्वीकार्न तयार भए । वैद्यले पनि यही आधारलाई टेकेर एकतामा आएको भए के हुन्थ्यो ? वैद्यमाथि कार्यकर्ताले प्रश्न सोधिरहेका छन् ?
माओवादी एकता भएसँगै माओवादीमाथि चुनौती थपिएको छ । हिजो जनयुद्धका क्रममा उसले गरेको बाचा र बाँडेका सपना पुरा गर्ने बाटोमा अब माओवादी अघि बढ्नुपर्छ । किनकी तिनै सपनाकोपछि दौडिएर घाइते, अपाङ्ग, शहिद र वेपत्ता भएका परिवारका सदस्यहरुको चाहना पनि यही हो ।
गल्ती कसको ? एकतामा ल्याउन नसक्नेको कि नआउनेको ? यसको जवाफ समयले देला । तर जवाफ नआएसम्म कार्यकर्ताको प्रश्नको जवाफको प्रतिक्षाको घडी समाप्त हुने छैन । त्यसैले यतिबेला वैद्य कसैका ईशारामा चल्नुभन्दा एकतामा आएर थप बहस गर्नेतिर लाग्नुपथ्र्यो भन्ने सबैको चाहना थियो ।   माओवादी एकता भएसँगै माओवादीमाथि चुनौती थपिएको छ । हिजो जनयुद्धका क्रममा उसले गरेको बाचा र बाँडेका सपना पुरा गर्ने बाटोमा अब माओवादी अघि बढ्नुपर्छ । किनकी तिनै सपनाकोपछि दौडिएर घाइते, अपाङ्ग, शहिद र वेपत्ता भएका परिवारका सदस्यहरुको चाहना पनि यही हो । माओवादी विभाजित हुँदा पीडामा रुमिल्लिएका जनतामा पलाएको आशा र खुशीलाई माओवादीले मर्न दिनुहुन्न । \"Maoist-Leader-unity\"कमजोर बन्दै गएको माओवादी आन्दोलनलाई पुन ः जगाउँदै संगठन विस्तार र जनचेतना अभिवृद्धिमा माओवादी अग्रसर हुन जरुरी छ । शान्तिपूर्ण राजनीतिका एक दशकभित्र उसले बोकेका एजेण्डाहरुलाई जसरी माटोमा मिसाइएको छ, त्यसमाथी जनतालाई थप सुसुचित र प्रष्ट पार्नु माओवादी नेतृत्को पहिलो दायित्व भएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनालाई ब्युँताउँदै माओवादीका साधारण सदस्यदेखि उच्च तहका नेतासम्मलाई लगाइएका आरोप र जेल हाल्ने तयारीका विरुद्धमा एक भएर लड्नु चुनौतीका रुपमा अगाडि खडा भएको छ । यसमा बाबुराम, विप्लव र वैद्यलाई पनि साथमा लिएर जानुको विकल्प छैन । माओवादी शक्ति कमजोर भएको मौका छोपी उनीहरुलाई विभिन्न आरोप र दोष लगाई बनाएको षड्यन्त्रपूर्ण ढंगले प्रतिगामी शक्तिले रचेको योजनालाई भत्काउन र माओवादी आन्दोलनलाई थप अग्रपंक्तिमा ल्याउन एकतामा आएका नेतृत्वले अहम् भूमिका निभाउनुपर्छ । माओवादीबीचको ऐतिहासिक एकता कुनै कथा र इतिहासको पानामा सीमित नहोस् । अर्थात एकता वास्तविकतामा होस् । किनकी वास्तविकतामा भएको एकताले मात्रै सच्चा कार्यकर्ताको दुखेको मनमा मल्हम लगाउन सक्छ । शहिद, अपाङ्ग, घाइते र वेपत्ता परिवारको सपना पूरा हुन सक्छ । \"maoist_yakata\" त्यसैले माओवादी नेतृत्वहरु अब हिजो बोकेका एजेण्डा स्थापित गराउनुका साथै माओवादीप्रति जनतामा परेको भ्रम चिर्न अग्रसर हुनुपर्दछ । तसर्थ एकतापछि माओवादी कुनै सत्ता वा पैसाको लोभमा फस्नु हुन्न । माओवादीले बोकेका जनताको हजारौँ सपना र एजेण्डालाई वास्तविकतामा परिणत गराउन लागि पर्नुपर्छ । माओवादी एकताले सबै कार्यकर्ता र जनताको सपना पूरा गर्न सक्नुपर्दछ । buddhalopchan4@gmail.com
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: