एकताको सन्देशले कार्यकर्तामा आशा त पलाएको छ नै यससँगै मनमा उब्जिएका हजारौँ प्रश्नसँग जोडिएर उनीहरु निरास पनि छन् । एकता प्रक्रियामा वैद्य किन छुटे ? विप्लव किन आएनन् ? एकतापछि पूरा हुन्छ त जनताको सपना ? यी प्रश्नहरुले कार्यकर्ताको मनमा खुल्दुली ल्याएको छ ।एकताको सन्देशले कार्यकर्तामा आशा त पलाएको छ नै यससँगै मनमा उब्जिएका हजारौँ प्रश्नसँग जोडिएर उनीहरु निरास पनि छन् । एकता प्रक्रियामा वैद्य किन छुटे ? विप्लव किन आएनन् ? एकतापछि पूरा हुन्छ त जनताको सपना ? यी प्रश्नहरुले कार्यकर्ताको मनमा खुल्दुली ल्याएको छ । जनयुद्धमा त्यतिबेला कमाण्डर प्रचण्डलाई नजिकबाट सहयोग गरेका दार्शनिक क्षेत्रमा अब्बल नेता वैद्य एकता प्रक्रियाबाट छुट्दा हजारौँ कार्यकर्ता निरास छन् । यी निरास र प्रश्नै प्रश्नको चाङभित्र रहेर आज कार्यकर्ताले माओवादीबीचको एकतालाई स्वीकार्न बाध्य छन् । माओवादी कार्यकर्ता वैद्य मात्रै होइनन्, नयाँ शक्तिमा लागेका बाबुरामलाईसँगै देख्न चाहन्छन् । जनयुद्धका क्रममा भएका घाइते, अपाङ्ग, शहिद परिवार, वेपत्ता परिवारका सदस्यले जनयुद्धका नेतृत्वकर्ता वैद्य, बाबुराम, प्रचण्ड अनि बादलसँगै भएको देख्न चाहन्छन् तर आज त्यो किन भएन ? प्रश्न निरन्तर उठिरहन्छ । समयको विस्तारक्रमसँगै राजनैतिक नेतृत्वमा बिमत्ति आउनु अस्वभाविक होइन । पार्टीको रणनीति र कार्यदिशामा असन्तुष्टि जनाउँदै पार्टी विभाजनसम्म पुगेका वैद्यलाई आज एकतामा किन ल्याउन सकेनन् ? यही प्रश्नले कार्यकर्तामा निराशापन ल्याएको छ । वैद्यकै नेतृत्वमा पार्टी फुटाएर गएका बादल आज एकतामा आएका छन् । सिङ्गो पार्टीको नेतृत्व उसैले गरेका छन् । बादल र प्रचण्डबीचमा असहमतिका विषयमा कुरा मिलेको छ तर वैद्यसँग किन मिलेन ? एकतामा वैद्यलाई सहभागी हुनुपथ्र्यो र हुनुपर्छ भन्ने कार्यकर्ताको अन्तिमसम्मको मान्यता हो । तर पुरानै डम्फु बजाएर पुरानै भाकाको गीतलाई दोहो¥याउँदै त्यसमा तलमाथि गरी सहमतिमा आउन चाहँदैन भने उसलाई ल्याउनैपर्छ भन्ने कुनै जरुरत छैन । सवाल यति हो, कार्यकर्ता प्रचण्ड, वैद्य, बाबुराम र बादलसँगै भएको देख्न चाहन्छन् । संविधानलाई हेर्ने दृष्ट्रिकोण र जनवादी क्रान्ति या समाजवादी क्रान्ति भन्ने विषयमा अन्तिमसम्म वैद्यको मतभेद रह्यो । बल्लबल्ल संविधानलाई हेर्ने दृष्ट्रिकोणमा सहमति त ल्याइयो तर जनवादी क्रान्तिको विषयमा वैद्य एक इन्च पनि तलमाथी हुन चाहेनन् । बरु बादल त्यसमा लचकता अपनाउँदै जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको कार्यदिशालाई स्वीकार्न तयार भए । वैद्यले पनि यही आधारलाई टेकेर एकतामा आएको भए के हुन्थ्यो ? वैद्यमाथि कार्यकर्ताले प्रश्न सोधिरहेका छन् ?
माओवादी एकता भएसँगै माओवादीमाथि चुनौती थपिएको छ । हिजो जनयुद्धका क्रममा उसले गरेको बाचा र बाँडेका सपना पुरा गर्ने बाटोमा अब माओवादी अघि बढ्नुपर्छ । किनकी तिनै सपनाकोपछि दौडिएर घाइते, अपाङ्ग, शहिद र वेपत्ता भएका परिवारका सदस्यहरुको चाहना पनि यही हो ।गल्ती कसको ? एकतामा ल्याउन नसक्नेको कि नआउनेको ? यसको जवाफ समयले देला । तर जवाफ नआएसम्म कार्यकर्ताको प्रश्नको जवाफको प्रतिक्षाको घडी समाप्त हुने छैन । त्यसैले यतिबेला वैद्य कसैका ईशारामा चल्नुभन्दा एकतामा आएर थप बहस गर्नेतिर लाग्नुपथ्र्यो भन्ने सबैको चाहना थियो । माओवादी एकता भएसँगै माओवादीमाथि चुनौती थपिएको छ । हिजो जनयुद्धका क्रममा उसले गरेको बाचा र बाँडेका सपना पुरा गर्ने बाटोमा अब माओवादी अघि बढ्नुपर्छ । किनकी तिनै सपनाकोपछि दौडिएर घाइते, अपाङ्ग, शहिद र वेपत्ता भएका परिवारका सदस्यहरुको चाहना पनि यही हो । माओवादी विभाजित हुँदा पीडामा रुमिल्लिएका जनतामा पलाएको आशा र खुशीलाई माओवादीले मर्न दिनुहुन्न । कमजोर बन्दै गएको माओवादी आन्दोलनलाई पुन ः जगाउँदै संगठन विस्तार र जनचेतना अभिवृद्धिमा माओवादी अग्रसर हुन जरुरी छ । शान्तिपूर्ण राजनीतिका एक दशकभित्र उसले बोकेका एजेण्डाहरुलाई जसरी माटोमा मिसाइएको छ, त्यसमाथी जनतालाई थप सुसुचित र प्रष्ट पार्नु माओवादी नेतृत्को पहिलो दायित्व भएको छ । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटनालाई ब्युँताउँदै माओवादीका साधारण सदस्यदेखि उच्च तहका नेतासम्मलाई लगाइएका आरोप र जेल हाल्ने तयारीका विरुद्धमा एक भएर लड्नु चुनौतीका रुपमा अगाडि खडा भएको छ । यसमा बाबुराम, विप्लव र वैद्यलाई पनि साथमा लिएर जानुको विकल्प छैन । माओवादी शक्ति कमजोर भएको मौका छोपी उनीहरुलाई विभिन्न आरोप र दोष लगाई बनाएको षड्यन्त्रपूर्ण ढंगले प्रतिगामी शक्तिले रचेको योजनालाई भत्काउन र माओवादी आन्दोलनलाई थप अग्रपंक्तिमा ल्याउन एकतामा आएका नेतृत्वले अहम् भूमिका निभाउनुपर्छ । माओवादीबीचको ऐतिहासिक एकता कुनै कथा र इतिहासको पानामा सीमित नहोस् । अर्थात एकता वास्तविकतामा होस् । किनकी वास्तविकतामा भएको एकताले मात्रै सच्चा कार्यकर्ताको दुखेको मनमा मल्हम लगाउन सक्छ । शहिद, अपाङ्ग, घाइते र वेपत्ता परिवारको सपना पूरा हुन सक्छ । त्यसैले माओवादी नेतृत्वहरु अब हिजो बोकेका एजेण्डा स्थापित गराउनुका साथै माओवादीप्रति जनतामा परेको भ्रम चिर्न अग्रसर हुनुपर्दछ । तसर्थ एकतापछि माओवादी कुनै सत्ता वा पैसाको लोभमा फस्नु हुन्न । माओवादीले बोकेका जनताको हजारौँ सपना र एजेण्डालाई वास्तविकतामा परिणत गराउन लागि पर्नुपर्छ । माओवादी एकताले सबै कार्यकर्ता र जनताको सपना पूरा गर्न सक्नुपर्दछ । buddhalopchan4@gmail.com
प्रतिकृया लेख्नुहोस्: