जेष्ठ ६ गते, २०७३ बिहिवार 19th May, 2016 Thu११:५३:१२ मा प्रकाशित
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ स्थित सीमानगरमा तिनाउ खोलाबाट दिनहुँ ढुंगा वालुका चोरी तस्करी हुने गरेको समाचार सेलाउन नपाउदै उक्त स्थान नजिकै ठूलो परिमाणमा वेवारिसे ढुंगाका थुप्राहरु भेटिएका छन् ।
सीमानगरको पूर्वतर्फ रहेको सुनौलो नगरमा चार स्थानमा तस्करीका लागि थुपारिएका ढुंगा भेटिएको हो । एक थुप्रोमा करिब २५ ट्क्याटरसम्म ढुंगा थुपारिएको स्थानीय पुजा रुचालले जानकारी दिए । यी चार थुप्रोमा गरी करिब एक सय टाली ढुंगा वेवारिसे अवस्थामा छ । वेवारिसे अवस्थामा भेटिएको ढुंगा के गर्ने भन्नेबारे प्रहरीले पनि निर्णय लिएको छैन । यी ढुंगाको बजार मूल्य करिब ४ लाख रुपैयाँ पर्ने बताइन्छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले वेवारिसे अवस्थामा भएका ढुंगा जिल्ला विकास समितिमा पठाउनुपर्ने भन्दै स्थानीय विकास अधिकारीसंग कुरा गरिरहेको उल्लेख गरे । उनले भने, ‘खोला किनारका स्थानीयलाई प्रयोग गरेर केही ठेकेदारले ती ढुंगा थुपारेको भन्ने बुझिएको छ, यी ढुंगा के गर्ने भन्नेबारे स्थानीय विकास अधिकारीसंग कुरा गरिरहेका छौं ।’
तर स्थानीय विकास अधिकारी युवराज सुवेदीले भने यसबारे आफूलाई कुनै जानकारी नआएको बताए । उनले भने, ‘हालसम्म प्रहरीबाट केही जानकारी आएको छैन ।’ प्रहरीले जिविसलाई बुझाउने भन्नु र जिविसले थाहा छैन भन्नुले थप रहस्य सृजना गरेको छ । स्थानीयले प्रहरीको मिलेमतोमै ठेकेदारले चोरी निकासी गरिरहेको प्रतिक्रिया यसअघि नै दिएका थिए ।
स्थानीय ड्राईभरटोल प्रहरी चौकीको मिलेमतोमा घर निर्माण गर्ने ठेकेदारले तिनाउ नदीबाट ढुंगा वालुवा चोरी निकासी गरिरहेको समाचार बाहिर आएपछि ती वेवारिसे अवस्थाका ढुंगा भेटिएका हुन् । सुन्दर नगरका स्थानीयले आफ्ना घर नजिकै थुपारिएका ढुंगा समेत कस्को हो भन्ने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
स्थानीय मनोहर रसाईलीले भने, ‘हाम्रै बस्तीका केही अगुवाको पहलमा चोरी निकासी भएको छ, तर हामीले नाम भन्न सक्ने अवस्था छैन ।’ रसाईलीका अनुसार विहान बेलुका र रातिको समयमा धेरैजसो चोरी निकासी हुने गरेको छ । सीमानगर क्षेत्रमा हेर्ने स्थानीय ड्राइभरटोलको प्रहरी चौकीले समेत चोरी निकासी बन्द गर्न चासो नदेखाएको स्थानीयले बताएका छन् । वेवारिसे अवस्थामा भेटिएका ढुंगालाई प्रहरीले नियन्त्रणमा लिन समेत आनाकानी गरेको भन्दै स्थानीयले प्रहरीप्रति नै शंका गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: