Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

माओवादी एकता आज : यसरी हुँदैछ एकता

\"maoi_flag\"काठमाडौं । माओवादी जनयुद्धको पृष्ठभूमि रहेका ४ माओवादी र विभिन्न समुहकाबिच आज एक भव्य कार्यक्रम सहित एकता हुने भएको छ । यसअघि जेठ १ गते सबै पार्टीका केन्द्रिय समितिको बैठक बसेर आजका लागी एकताको निर्णय गरेका थिए । माओवादीबिचको एकता घोषणा अघि विहान १० बजेबाट सबै पार्टीका केन्द्रिय सदस्यहरुको संयुक्त एकता बैठक बस्ने एमाओवादी नेता लोकेन्द्र विष्टले बताए । एकता बैठक लगत्तै दिउसोको ३ बजे कार्की ब्याकेट बबरमहलमा एकता घोषणा कार्यक्रम हुनेछ । पार्टी प्यालेसको हलमा झण्डै २ हजारको क्षमतामा मानिसहरु अटाउँछन् भने प्राङगणमा ५ हजारको हाराहारीमा मानिसहरु अटाउँछन् । प्राङगणका लागी एउटा स्किनबाट प्रत्यक्ष कायएक्रम हेर्ने व्यावस्था मिलाइएको कार्यक्रमको व्यावस्थापन गरिरहेका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले बताए । एमाओवादीबाट कोहीपनि थपिएनन् एकता पश्चात ६९९ को केन्द्रिय समिति बनाउने निर्णय भएको भएपनि एमाओवादीबाट भने एकता घोषणसभा अघि कोहीपनि नथपिने भएको छ । आकांक्षी धेरै भएको र गृहकार्य नपुगेको भन्दै एमाओवादीले पुरानै केन्द्रिय समितिलाई लिएर एकता गर्ने भएको हो । एमाओवादी स्रोतका अनुसार एमाओवादीका यसअघि भएका परिषदका सदस्यहरु भने स्वत पर्ने छन् । तर नयाँ कोहीपनि थपिएको छैन । एमाओवादीको हिजो बुधबार बसेको स्थायी समितिको बैठकले एकता लगत्तै केन्द्रिय समितिमा थप गर्ने निर्णय गरेको छ । तर एमाओवादीका मध्यम स्तरका नेताहरु भने यो निर्णय संगठनात्मक रुपमा घातक रहेको र एउटा एैतिहासिक घोषणामा सहभागी हुने अवसरबाट बन्चित गरिएको भन्दै आक्रोशित मात्रै छैनन् । महाधिवेशनसम्म नथप्ने षड्यन्त्रको रुपमा बुझ्न थालेका छन् । एमाओवादीका एक युवा नेता भन्छन्– एकताबाट केन्द्रिय समितिमा आउने एकदमै जुनिएर केन्द्रिय सदस्यलाई कसरी मान्न सकिन्छ । जो हैसियत समेत राख्दैनन् । उनीहरु आफैको पनि काम गर्ने मनोबल हुँदैन । उनलका अनुसार माओवादी नेताहरु संगठनात्मक समस्या हल गर्न पछिल्लो एक दशकदेखि असफल भइरहेका छन् । यस्तो अवस्थाले एकतालाई विघटनतिर डोर्याउन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: