Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

के गरिने छ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ?

\"Buddha-Jayenti\"काठमाडौँ। २५६० औँ बुद्ध जयन्तीका अवसरमा बिहीबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पूरा भएको छ ।

सम्मेलन मूल आयोजक समारोह समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्ध जयन्ती समारोह लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ भने बुद्ध जयन्ती समारोहको लुम्बिनीमा ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वानको सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ ।

‘लुम्बिनी, नेपाल ः भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र छ नेपाली गरी २८ विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

मूल गोष्ठीमा निस्किएको निष्कर्षको बुद्ध जयन्ती समारोह स्थल लुम्बिनीमा घोषणापत्र जारी गरिने छ जसमा अन्तर्राष्ट्रियस्तरको संयन्त्र निर्माणसहित कार्ययोजना रहने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले गोष्ठीले भगवान् बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रका रुपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले गोष्ठीले लुम्बिनीका अतिरिक्त अन्य बौद्ध केन्द्र तिरौलाकोट, देवदह, रामग्रामको समेत प्रचारप्रसार र विकासका लागि आधार निर्माण गर्ने र आन्तरिक बुद्ध परिक्रमा पथ निर्माणमा मद्दत पु¥याउने विचार व्यक्त गरे ।

यसैबीच, २५६०औँ बुद्ध जयन्तीका अवसरमा विश्वशान्तिको कामना गर्दै ‘शान्तिका लागि साइकल यात्रा’ अभियानले आज साइकल यात्रा सुरु गरेको छ ।

मन्त्री पोखरेलले सो साइकल यात्राको स्वयम्भूबाट साइकल चढेर यात्राको शुभारम्भ गरे । विश्व साइकल यात्री पुष्कर शाहसहित करिब २६० साइकल यात्री स्वयम्भू परिक्रमा गरी लुम्बिनी प्रस्थान गरेको छ ।

विदेशबाट आउनुभएका अतिथिलाई पनि साइकल चढाएर प्रदूषणरहित लुम्बिनी बनाउने अभियानमा सहभागी गराइने भएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: