Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पिछडिएको समुदायका लागि जनचेतना मूलक तालिम

\"IMG_20160518_095246\"भैरहवा । पिछडिएको समुदायका महिला तथा युवाहरुको लागि सामाजिक कुरीति,कुप्रथा अन्त्यको लागि सामाजिक रुपान्तरणमा पिछडिएको समुदायका युवाहरुको भुमिका विषयक एक दिने जनचेतनामूलक तालिम कार्यक्रम बुधबार रुपन्देहीको मर्यादपुर गाविसमा सम्पन्न भएको छ । जिल्ला विकास समितिको कार्यालय,रुपन्देही(पिछडिएको समुदाय उत्थान जिल्ला समन्वय समिति,रुपन्देही)को सहयोग तथा अखिल नेपाल ठेला मजदूर व्यवसायी समिति सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा उक्त तालिम भएको हो । मर्यादपुर गाविसमा विद्यमान रही आएका विभिन्न किसिमका सामाजिक कुरीति र कुप्रथाको अन्त्यको लागि पिछडिएको समुदायका युवा तथा महिलाहरुमा जनचेतनाको अभिवृद्धि गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा अखिल नेपाल ठेला मजदूर व्यवसायी समिति सिद्धार्थनगरका सचिव राम दयाल गुप्ताले बताए । \"IMG_20160518_095209\" उनले जिविस रुपन्देही र अन्य विभिन्न संघ–संस्थाहरुसंग सहकार्य गर्दै आगामी दिनहरुमा पनि अन्य गाविस तथा नगरपालिकामा यस्तै किसिमका जनचेतनामूलक र सीपमूलक तालिम आयोजना गरिने समेत बताए । तालिमको सहजीकरण जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठ,सिद्धार्थनगर नगरपालिका कार्यालय सामाजिक विकास शाखाका शाखा अधिकृत शेखर नाथ पन्थी,मर्यादपुर गाविसकी सामाजिक परिचालिका संगिता पासी र नेपाल पिछडा वर्ग महासंघ रुपन्देहीका अध्यक्ष त्रियुगी नारायण ठाकुरले गरेका थिए । जनचेतनामूलक तालिममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य गुरु वचन यादव, स्थानिय शान्ति समिति मर्यादपुर गाविसका संयोजक कुद्धुस खाँ, गाविस सचिव राजु शर्मा,पिछडा वर्ग महासंघ मर्यादपुरका अध्यक्ष गुलाब हुसेन अन्सारी,स्थानिय समाजसेवी सर्वेस लोहार,मर्यादपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानिय पत्रकार राज कुमार धवल,अस्थायी प्रहरी चौकी मर्यादपुरका प्रहरी सहायक निरीक्षक कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो । तालिममा पिछडिएको समुदायका करिब ७० जनाको सहभागिता रहेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: