Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

\"Accident\"सिन्धुली । सिन्धुलीमा बुधबार दुई छुट्टाछुटै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको भद्रकाली–४ मा हाते ट्याक्टर र कमलामाई नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीको भद्रकाली गाविस–४ कुसुमटारमा हाते ट्याक्टरबाट खेत जोत्ने क्रममा हाते ट्याक्टर चालक कमलामाई नगरपालिका–४ ऐँसेलुजङ्गार निवासी– २३ वर्षका कृष्णकुमार सार्कीको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिए । कुसुमटारमा जिल्ला कृषि विकास कार्यालयले अनुदानमा दिएको हाते ट्याक्टरले पदमबहादुर कामीको खेत जोत्ने क्रममा ट्याक्टर एक्कासि माथी उठेको र ट्याक्टरलाई तल झार्न गोडाले थिच्न खोज्दा ट्याक्टरभित्र पस्न गई चालक सार्कीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएको प्रहरीको भनाइ छ । यस्तै सिन्धुलीको भिमानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको ट्याक्टर कमलामाई नगरपालिका–१० माईस्थानमा दुर्घटना हुँदा रानीचुरी–१ निवासी १८ वर्षका विजय पाख्रिनको ज्यान गएको छ । सिन्धुलीमाढीतर्फ ढुङ्गा लिएर आउँदै गरेको ना ४ त ९१३८ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल हँुदा सडकबाट २५ फिट तल खसेको प्रहरीले जनाएको छ । धेरै सामान भएका कारण ट्याक्टरले उकालोमा तान्न नसक्दा दुर्घटना भएको र सोही ट्याक्टरमा काम गर्ने पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: