Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

वार्ताबाटै मधेसको समस्या हल हुन्छ- गृहमन्त्री

\"Shakti-Basnet\"काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले वार्ताबाटै मधेस समस्याको समाधान गरिने बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएपनि सर्वधारणको अधिकार हनन् हुने अवस्थामा भने सरकार चुप लागेर नबस्ने बताए ।

मंगलबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको ‘पिछडिएको क्षेत्रमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम संचालनका लागि सम्भवना र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका गृहमन्त्री बस्नेतले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सो कुरा बताएका हुन् ।

आन्दोलन छोडेर वार्तामा आउन आन्दोलनरत दलहरुलाई आह्वान समेत गृहमन्त्री बस्नेतले गरे । ‘‘आवश्यकताले संरचनाको विकास गराएजसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको पनि स्थापना भएको हो, यसले हरेक चुनौती पार गर्दै उद्देश्यमा अगाडि बढिरहेको छ’ गृह मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले प्रतिष्ठानलाई आवश्यक पर्ने सबै साधनस्रोत सरकारले पूरा गर्ने बताए ।जुम्लाजस्तो अति विकट ठाउँमा स्थानपना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेको अवस्थामा आइपुग्नु ठूलो सफलता भएको बताउँदै प्रतिष्ठानलाई संसारकै सुन्दर र प्रतिष्ठित बनाउन आफू निरन्तर लागिरहने बताए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले प्रतिष्ठानलाई लक्ष्यमा पुर्याउन साझा पहल हुनुपर्ने बताए । कर्णाली क्षेत्र जस्तो पिछडिएको ठाउँमा स्थापना भएको प्रतिष्ठानलाई अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै आवश्यक नीति बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति पारस आचार्यले एमबीबीएस अध्ययनका लागि सम्भावना र चुनौति विषयबारे जानकारी पावरप्वाइन्टको माध्यमबाट कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानलाई लक्ष्यमा पुर्याउन सकेमा कर्णालीका नागरिकको सरदार आयू वृद्धि हुने बताए । उक्त कार्यपत्रमा अवलोकन गरेर प्रतिष्ठानका गतिविधिबारे जानकारी लिएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: