Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एमाओवादीले बजेटबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

\"Aकाठमाडौँ । एकीकृत नेकपा माओवादीले आगामी आर्थिक वर्ष २०७३-७४को बजेट वक्तव्यमा पार्टीले विगतदेखि उठाउँदै आएका जनपक्षीय मुद्दालाई पूर्णरुपमा समावेश गर्न सरकारसँग आग्रह गर्ने भएको छ ।

सरकारमा सहभागी एमाओवादीका मन्त्रीसहित आज यहाँ भएको छलफलमा शान्ति प्रक्रियासँग जोडिएका विषयदेखि आर्थिक समृद्धि, सामाजिक न्याय तथा जनजीविकासँग जोडिएका विषयलाई आगामी आवको बजेटले सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

सरकारले यही जेठ १५ गते व्यवस्थापिका–संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । दश वर्षे सशस्त्र युद्धको समयमा सहिद भएका परिवारलाई रु पाँच लाख नगद दिने र रु पाँच लाख माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्ने भन्ने निर्णय तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले गरिसकेको भन्दै एमाओवादीले सो निर्णयलाई यसपटकको बजेट वक्तव्यमा थप प्रष्टतासहित उल्लेख गर्न आग्रह गर्ने भएको छ ।

बैठकमा सरकारमा सहभागी उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसहित आठैजना मन्त्रीले आफ्नोतर्फबाट प्रस्ताव गरिएको कार्यक्रम र त्यसको औचित्यमाथि पार्टी नेतृत्वलाई जानकारी गराए। उनीहरुले राष्ट्रिय योजना आयोगको सीमा, जनताको अपेक्षा तथा चाहनालाई सम्बोधन गर्ने गरी जनपक्षीय बजेट ल्याउने गरी तयारी गरिएको समेत बताएका थिए ।

एमाओवादी संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेका अनुसार सरकारमा सहभागी मन्त्रीले प्रस्तुत गर्नुभएको विषयका आधारमा बजेट प्रस्तुत गर्न सरकारसँग आग्रह गरिनेछ । बैठकमा सहभागी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाओवादीको अर्थ तथा वित्त विभागका पदाधिकारीको समेत सहभागिता रहेको थियो ।

संविधान घोषणापछिको पहिलो बजेट भएकाले जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको भन्दै एमाओवादीले आफ्ना मन्त्रीले गरेको छलफल र प्रस्तुत गरेको योजनाका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग थप छलफल गर्ने निर्णयसमेत गरेको छ ।

नीति तथा कार्यक्रममा आलोचनात्मक समर्थन जनाएको एमाओवादीले बजेटमा भने कुनै पनि कमजोरी नगर्न, संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण तथा भारतको अघोषित नाकाबन्दीले पारेको प्रभाव न्यूनीकरण गर्ने खालको बजेट प्रस्तुत हुनुपर्नेमा जोड दिने निष्कर्ष निकालेको छ ।

संयुक्त सरकारको मूल्य र मान्यतालाई आत्मसात् गर्दै एमाओवादीका मुद्दा पनि बजेटमा समावेश हुनुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने बैठकको निष्कर्ष निकालेको बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: