Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा चामल उद्योग सङ्कटमा

\"industry\"वीरगन्ज । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका अधिकांश चामल उद्योग सङ्कटमा परेका छन् । भारतबाट सस्तो मूल्यमा आयातीत धान र चामलसँग प्रतिस्पर्धा गर्न नसक्नु स्वदेशी चामल उद्योगको मुख्य समस्या रहेको भन्दै उद्योगीले भारतीय सीमा क्षेत्रमा खुलेका खाद्यान्न उद्योग सरहका प्रोत्साहन नीति अख्तियार गर्न सरकारलाई आग्रहसमेत गरेका छन् । भारतले खाद्यान्न उद्योग स्थापना, सञ्चालन तथा कर राजस्वमा अनुदान र सहुलियत दिएको छ । स्वदेशी चामल उद्योगको प्रवद्र्धनका लागि पनि सरकारले सोही अनुरुपको सहयोग र सहुलियत प्रदान गर्नुपर्ने उद्योगीको माग छ । सरकारले लगानी मैत्री वातावरण दिने प्रतिबद्धता देखाउँदै आए पनि व्यवहारमा त्यसो देखिएको छैन । “भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकाले अहिले उत्पादन घटाएर १० प्रतिशतमा सीमित गरेको छु,” वीरगन्जस्थित आशीष राइस मिलका सञ्चालक गणेश लाठले भने । भारतीय सहर रक्सौलमा ३ वर्षयता खुलेका अत्याधुनिक मिलले नेपाली बजारको ठूलो हिस्सा ओगटेपछि बारा र पर्साका अधिकांश खाद्य उद्योग सङ्कटमा परेका छन् । अहिले रक्सौल र त्यसका वरिपरि झन्डै एक दर्जन नयाँ प्रविधियुक्त चामल मिल सञ्चालनमा आएका छन् । ती उद्योगमध्ये धेरैजसो दैनिक २०० देखि ३०० टन चामल उत्पादन क्षमताका रहेको बताइएको छ । “भारतले बीउ, मल र मेसिनमा सहुलियत दिन थालेपछि भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकाले यहाँका उद्योगले ९० प्रतिशतसम्म उत्पादन कटौती गर्नुपरेको छ”, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध गुप्ताले भने – “यस्तै अवस्था रहे चामल उद्योग बन्द गर्नुपर्ने हुन्छ ।” दुई वर्ष अघिसम्म वीरगन्जमा साना र ठूला गरी करिब एक सय चामल मिल सञ्चालनमा थिए । अहिले यहाँ करिब २० वटा उद्योग मात्र सञ्चालनमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending