ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीले राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिकरूपमा ध्वस्त घरमा पुगेर आफ्नो आक्रोश प्रकट गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीले घरको बाँकी संरचना भत्काउने प्रयास गर्नुका साथै त्यहाँ टाँसिएको पूर्व प्रधानमन्त्री शेख हसिनाको पोस्टरमा आगो लगाउने प्रयास गरेको देखिएको छ । उस्मान हादीको मृत्यु पश्चात् देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले आम नागरिकलाई संयम अपनाउन आग्रह गरेको छ ।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको एक पोस्टमा सङ्गठनले हिंसा, तोडफोड तथा आगजनी नगर्न स्पष्ट अपिल गरेको छ । पोस्टमा भनिएको छ, “विनाश र आगोको माध्यमबाट केही समूहले बङ्गलादेशलाई एक अप्रभावी राज्य बनाउने लक्ष्य राखिरहेका छन् । उनीहरू हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई कमजोर पार्न खोजिरहेका छन् । तपाईले बुझ्नै पर्छ(३२ र ३६ एउटै होइन ।”
उक्त सन्देशमा थप भनिएको छ, “फेब्रुअरीको निर्वाचन नजिकिँदै गर्दा देशमा अशान्ति सिर्जना भएमा वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने गम्भीरतापूर्वक विचार गर्नुहोस् । बङ्गलादेशमा स्थिरता कायम राख्न सरकारलाई पूर्ण सहयोग गर्नुहोस् र कुनै पनि प्रकारको हिंसाबाट टाढा रहनुहोस् ।” यसैबिच, अङ्ग्रेजी भाषाको प्रतिष्ठित दैनिक द डेली स्टारको कार्यालयमा भएको तोडफोडपछि भवनको छतमा फसेका एक जना पत्रकारले आफ्नो कष्टप्रद अनुभव सार्वजनिक गरेका छन् ।
उहाँका अनुसार भीडको एक समूहले प्रथम आलोको कार्यालयमा आक्रमण गरेपछि द डेली स्टारको भवनतर्फ अगाडि बढेको बाहिरबाट आएको फोन कलमार्फत जानकारी प्राप्त भएपछि उनीहरू सतर्क भएका थिए । चेतावनी प्राप्त भएपछि समाचार कक्षमा कार्यरत कर्मचारीले सुरक्षितरूपमा भवन खाली गर्ने प्रयास गरे । तर, त्यतिन्जेलसम्म भीडले भुइँतलासम्म पुगेर व्यापक तोडफोड गरिसकेको थियो र त्यसपछि भवनमा आगो लगाइएको थियो ।
बाक्लो धुवाँ फैलिँदै गएपछि तल झर्न असम्भव देखेर पत्रकारको समूहले १० औँ तलाको छततर्फ भागेर ज्यान जोगाउनु परेको थियो । केही समयपछि फायर सर्भिसका कर्मचारी घटनास्थलमा पुगे र तल्लो तलामा लागेको आगो नियन्त्रणमा लिन सफल भए । उद्धार कार्यका क्रममा चार जना अग्नि नियन्त्रक छतमा पुगेर त्यहाँ फसेका व्यक्तिलाई सुरक्षितरूपमा बाहिर निकाल्न सफल भएको बताइएको छ । घटनापछि उत्पन्न असुरक्षा र क्षतिको अवस्थाका कारण शुक्रबार प्रथम आलो र द डेली स्टार दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: