Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

वैद्यलाई सम्मान गर्दै बादल समूह आजबाट बाहिरिने

[caption id=\"attachment_73379\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल तस्विर[/caption] काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता रामबहादुर थापा ‘बादल’ सहितको बहुमत केन्द्रीय सदस्य आजदेखि औपचारिक रुपमै पार्टीबाट बाहिरिने भएको छ । एकीकृत नेकपा माओवादीसँग एकताको प्रयास गरिए पनि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य एकताका लागि तयार नभएपछि बादलसहितका झण्डै एक सय जना केन्द्रीय सदस्य एमाओवादीमा फर्किने भएका छन् । माओवादी विभाजनका कारण माओवादी आन्दोलन कमजोर भएको, द्वन्द्वकालीन मुद्दा ब्युँताएर माओवादी नेता कार्यकर्तामाथि दमन गर्न खोजिएको, माओवादी कमजोर बनाउने देशी विदेशी शक्तिहरु लागिपरेको जस्ता कारण देखाउँदै केही समयदेखि विभाजित माओवादीहरुबीचको एकता प्रक्रिया अघि बढेको थियो । क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य भने वैचारिक रुपमा सहमत हुन नसकेको भन्दै एकतामा जान नचाहेपछि बादलसहितको समूह एमाओवादीमा फर्किन लागेको हो । वैद्यले सिद्धान्तनिष्ठ एकतामा जोड दिएपछि बादलले एमाओवादी अध्यक्ष प्रचण्डसँग १२ बुँदे साझा सहमति गरिसकेका छन् । बादलले एकताका लागि सहमति गरिसकेपछि सँगै बैठक बस्नुको औचित्य नभएको भन्दै वैद्यले केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि बादलले शनिवार आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएका छन् । शनिवार बस्न लागेको केन्द्रीय समिति बैठकले पार्टीले यसअघि नै निर्णय एमाओवादीसँगको एकता अभियानमा जाने निर्णय अनुमोदन गर्ने कार्यक्रम रहेको छ । एमाओवादीसँग भएको एकता प्रस्ताव तथा १२ बुँदे साझा सहमति अनुमोदन गर्ने बादल समूहका केन्द्रीय सदस्य महेश्वर दाहालले बताए । बहुमत सदस्य एकतामा जान तयार भएकाले बहुमतको निर्णयबाट एकतामा जाने आजको बैठकले औपचारिक निर्णय गर्ने उनले बताए । यसअघि चैत २८ गते पनि बादल समूहको बैठक बसेको थियो । बादलसहितको बहुमत सदस्यले पार्टी अध्यक्षलाई नै कारबाही गरेर अघि बढ्ने भनिए पनि अध्यक्षलाई कुनै कारबाही नगरिने दाहालले बताए । वैद्यले विचार नमिलेका कारण एकतामा जान्न भन्नु कुनै अपराध नभएकाले कारबाही गर्ने प्रश्न नभएको पनि दाहालले स्पष्ट गरे । यसअघि अध्यक्ष वैद्यले जेठ १ गते बैठक बोलाएको भन्दै बादल समूहले पार्टीकै वैठक पर्खिने निर्णय गरेको थियो । क्रान्तिकारी माअाेवादीकाे समानान्तर केन्द्रीय समितिकाे बैठक शनिबार मध्यान्ह १२ बजेदेखि पार्टीकाे नेवाः राज्य समितिकाे कार्यालय कुपण्डाेलमा बस्दैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: