Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

यस्तो छ, बादललाई एमाओवादी अध्यक्ष बनाउने गोपाल किराँतीको रणनीति

\"Gopal_Kirati\" काठमाडौं । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किराँती रामबहादुर थापा ‘बादल’लाई माओवादीको अध्यक्ष बनाउने अभियानमा छन् । विभाजित अवस्थामा रहेको माओवादी पार्टीहरुबीच एकताको अन्तिम तयारी भइरहँदा किराँतीले बादललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव ल्याएका हुन् । उनले उक्त प्रस्ताव एमाओवादीको स्थायीको बैठकमै सुनाएका थिए । किन यस्तो अभियानमा लागेको भन्ने जिज्ञासामा उनले भने, ‘मेरो भनाइ के हो भने सकेसम्म एकता प्रक्रियामा नै बादललाई अध्यक्ष बनाऊँ, नभए पनि कम्तीमा वरिष्ठ नेता बनाऊँ। ठूलो दम, ठूलो आधार र ठूलो तथ्यसहित यो भनिएको हो, त्यसै लहडमा भनिएको होइन।’ किराँतीले क्रान्तिपछिको प्रतिक्रान्ति रोक्न स्थापित नेतृत्वको आवश्यकता पर्ने बताए । उनले लेनिन र माओको उदाहरण दिदै पार्टीको मुख्य नेता जिवित भइन्जेल राष्ट्रपति र मुख्य पदमा बस्ने र मृत्यु हुने वित्तिकै प्रतिक्रान्तिले शिर उठाउने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिदै प्रचण्डलाई विचार निमार्णको काममा लगाउनु पर्ने र पार्टीको दैनन्दिनका कामहरुमा पार्टीको अध्यक्ष बादललाई बनाएर अघि बढाउनु पर्ने बताए । उनले ‘२१ औं शताव्दीको जनवाद’को मूल मर्म पनि त्यही भएको ठोकुवा गरे । उनले नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी पुनर्निर्माण वा व्यवस्थित गर्न नसक्ने पनि प्रष्ट पारे । पार्टी एकता गरेपछि ठूलो फोर्स देखेर प्रकाश रनभुल्लमा परेको उनले जिकिर गरे । उनले भने, ‘माओवादीको त दसौं हजार फोर्सको व्यवस्थापन गर्ने अनुभव थियो। दुई जनाको परिवारको भान्से र ५० जनाको परिवारको भान्सेमा त अन्तर हुन्छ नि। संगठन सञ्चालन गर्न गाह्रो छ, त्यसैले बादलले सक्नुहुन्छ तर नाराणकाजीले सक्नुहुन्न।’ जनयुद्ध रचना गर्ने चार जना नेता प्रचण्ड, किरण, बादल र बाबुराम भएको र सैद्धान्तिक क्षेत्रमा किरणको योगदान, सहरिया बुर्जुवा र बुद्धिजीवीलाई आकर्षित गर्न बाबुरामको व्यक्तित्वको भूमिका, पार्टीभित्र विचार निर्माण र कार्यदिशा निर्माणमा प्रचण्डको मुख्य भूमिका र कार्यान्वयनको निम्ति संगठनमा बादलको भूमिका महत्वपूर्ण रहेको उनले बताए । किरातीले बाबुराम कम्युनिस्ट आन्दोलन नै छोडेर गएको र अब बन्ने पार्टीमा किरण पनि भए राम्रो बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending