लमजुङ। नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिएको छन् । केन्द्रीय पदाधिकारी तथा सदस्यमा गरी अहिलेसम्म १४ जना नेताहरुले आकांक्षा देखाएको हो ।
हाल उपमहासचिव रहनु भएका पृथ्वीसुब्बा गुरुङको महासचिवमा दाबी रहेको छ । उनले आफू महासचिवको उम्मेदवार रहने सार्वजनिक घोषणासँगै तयारी गरिसकेको छन् । हालका केन्द्रीय सदस्य रहनुभएका टुका हमाल, जमीन्द्रमान घले, डा।भिष्म अधिकारी र कल्पना थापाले यस पटक पनि केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेको छ ।
त्यसैगरी नेकपा ९एमाले० केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, हाल गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी, लमजुङका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी, किसान महासंघका गण्डकी प्रदेशका अध्यक्ष गोर्वधन गौलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् ।
महिलातर्फबाट केन्द्रीय सदस्यमा उठ्नका लागि गण्डकी प्रदेश सांसद यशोदा रिमाल र लक्ष्मी अधिकारीले तयारी थालेको छन्। यसैगरी उत्पिडित दलित कोटामा गण्डकी प्रदेश सदस्य नन्दराम विक र युवा कोटामा गण्डकी प्रदेश सदस्य हिरालाल विश्वकर्माले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आयोजक समिति, प्रदेश कमिटी, विभिन्न जनवर्गिय संगठन र लमजुङ भूगोलबाट गरी महाधिवेशन प्रतिनिधिमा १८ जना रहेको छन् । जिल्लाबाट मतदान प्रक्रियाबाट जिल्ला अध्यक्ष राजकुमार विष्टसहित सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी, यशोदा रिमाल, पद्मा गुरुङ, लक्ष्मी अधिकारी, हिरालाल विश्वकर्मा, नन्दराम विश्वकर्मा र जुन तामाङ छनौट भएको थिए।
केन्द्रीय उप महासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष टुका हमाल, पार्टीका केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय कार्यालय सचिव डा।भीष्मनाथ अधिकारी, केन्द्रीय सदस्य कल्पना थापा, केन्द्रीय अनुशासन समितिका सदस्य मायानाथ अधिकारी स्वत: महाधिवशेन प्रतिनिधि छन्।
यसैगरी लमजुङ भुगोल रहेका गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी र प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, किसान महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोर्वधन गौली पनि महाधिवेशन प्रतिनिधि रहेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: