Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भारतीय दूतावासका अधिकारीहरुले यस्तो मन्त्रणा गरेपछि...

\"indian काठमाडौं । भारतीय दूतावासका उच्च अधिकारीहरुले फेरि पनि कडारुपमा आन्दोलन चर्काउन मधेसवादी दलका नेताहरुलाई निर्देशन दिएका छन् । स्वास्थ्य शिविर उद्घाटन गर्न भनी सप्तरी पुगेका भारतीय दूताबासका अधिकारीहरुले मधेसवादी दलका जिल्ला नेताहरुलाई भेटेर आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । उनले काठमाडौं केन्द्रित आन्दोलन चर्काउन पनि सुझाव दिएको स्रोतको भनाइ छ । काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमार नेपाल–भारत मैत्री संघले आयोजना गरेको पाठेघर र स्तन क्यान्सर परीक्षण शिविर उद्घाटन गर्न राजविराज पुगेका थिए । स्वास्थ्य शिविर उद्घाटन गर्न गएका विनयकुमारसहितका विनयकुमारले राजविराजस्थित छिन्नमस्ता ऐजुकेशनल ऐकेडेमीमा मधेसवादी दलका नेताहरुसँग गोप्य भेट गरी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् । उनले आन्दोलनको विकल्प नभएको भन्दै सशक्त रुपमा आन्दोलन चर्काउन निर्देशन दिएको स्रोतको भनाइ छ । नेपाल—भारत मैत्री संघका केन्द्रीय सदस्यसमेत रहेका संघीय समाजवादी फोरम निकट शैलेन्द्र मोहन झाले मधेसवादी दलका नेताहरुसँग बिनयकुमारको भेटघाटको चाँजोपाँजो मिलाएका थिए । झा सोही विद्यालयका सञ्चालक समेत हुन् । भारतीय दूतावासका अधिकारीसँगको भेटघाटमा मधेशी मोर्चा सप्तरीका संयोजक एवम् राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष गजेन्द्र मण्डल, पार्टी वरिष्ठ केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, सदभावना पार्टी सप्तरीका अध्यक्ष सुनिलकुमार झा, तराई मधेश सदभावना पार्टी सप्तरीका अध्यक्ष कपिलदेव यादव, बरिष्ठ नेता खुशिलाल मण्डल लगायत सहभागी थिए । राजबिराजमा विनयकुमारले सप्तरीका सीडीओ रामेश्वर अर्याल, प्रहरी प्रमुख भीमप्रसाद ढकाल लगायत सुरक्षा अधिकारीसँग पनि छलफल गरेका थिए । भारतीय दूतावासका अधिकारीहरुले मधेसवादी दलका नेताहरुका साथै जिल्लास्थित राजनीतिक दलहरु, पत्रकार, समाजसेवी तथा नागरिक अगुवासँग छलफल गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो सरकार ढाल्न भारतले उचालिरहेको आरोप लगाइरहँदा भारतीय दूतावासका अधिकारीहरुले नै मधेसमा गएर आन्दोलनका लागि मधेसवादी दलका नेताहरुलाई ऊर्जा प्रदान गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending