Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रचण्ड–बादलको सहमतिपछि वैद्यले यस्तो चिठी लेखे

\"Kiran\"काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले एमाओवादीसँग नेता रामबहादुर थापा ‘बादल’ले गरेको साझा सहमतिलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै केन्द्रीय सदस्यहरुलाई पत्र पठाएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्रान्तिकारी माओवादीका नेता बादलबीच एकताका लागि १२ बुँदे साझा सहमति भएको थियो । क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले आफूलाई जानकारी नै नदिएर एकताका लागि सहमति गर्नुले पार्टीको आन्तरिक एकता र अनुशासनमा गम्भी ब्यवधान पैदा भएको वैद्यले जनाएका छन् । ‘कमरेड बादलको नेतृत्वमा एमाओवादीसित पार्टी एकताका लागि साझा सहमति भएको कुरा सार्वजनिक भइसकेको छ’, वैद्यले केन्द्रीय सदस्यहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्षलाई थाहै नदिइ यसरी अनधिकृत रुपमा गरिएको सहमतिले पार्टीको आन्तरिक एकता र अनुशासनमा गम्भीर ब्यवधान पैदा भएको छ ।’ वैद्यले नै पठाए प्रचण्ड–बादलको सहमतिपत्र बादलसँग एकता गर्नेबारेमा एमाओवादी स्थायी समितिले गरेको निर्णयलाई समेत बादलले सञ्चार माध्याममा गलत प्रचार गरिएको भन्दै केन्द्रीय समितिको बैठक स्थगन नगर्न वैद्यलाई वैशाख २३ गते पत्र पठाएका थिए । तर बादलले पठाएको पत्र पनि गलत पुष्टी भएको वैद्यको पत्रमा उल्लेख छ । बादलले केन्द्रीय समितिको बैठक बोलाएकै दिन बैशाख २८ गते एमाओवादीसँग भएको १२ बुँदे साझा सहमति वैद्यलाई दिएका थिए । बादलले गरेको उक्त साझा सहमतिलाई गम्भीरतापूर्वक अवगत गर्न भन्दै वैद्यले प्रचण्ड–बादलबीच पार्टी एकताका लागि गरिएको १२ बुँदे सहमतिपत्र पनि आफ्नो पत्रका साथ केन्द्रीय सदस्यहरुलाई पठाइदिएका छन् । वादल समूहको केन्द्रीय समितिको बैठक बसेको चार दिनपछि जेठ १ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । \"baiddhya\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: