Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पुननिर्माणका लागि आठ खर्ब ३० अर्वको बजेट घोषणा गर्दै प्रधानमन्त्री

\"kp-oli1\"काठमाडौं । राष्ट्रिय पुननिर्माण प्रधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुननिर्माण बजेट सहित पञ्चवर्षिय मार्गचत्र बिहीबार सार्वजानिक गर्ने भएको छ । प्रधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चबर्षीय योजना उनीहरुलाई नै साक्षी राखेर सार्वाजानिक गर्न लागेका हुन । क्षति भएका आठ लाख व्यक्तिगत घर पुनार्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्र हुने छ भने पुनर्निर्माणको वार्षीक बजेट करिब एक खर्ब ५० अर्ब हुनेछ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन’ मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बताए । प्रतिवेदन अनुसार गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका चार सयभन्दा बढी पराकम्पले सात खर्ब ६ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षेति गराएको थियो । पुनर्निर्माण र पुनास्र्थापनाका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनले गरेको थियो । ‘त्यसमा एक बिलियन अमेरिकी डलर बढेको छ,’ सचिव अधिकारीले भने । भूकम्पबाट क्षति भएका २१ वटै क्षेत्र समेटिएको पञ्चवर्षीय कार्ययोजना पुनर्निर्माणको मार्गचित्र हुने विश्वास गरिएको छ । ‘कुन निकायले कति रकम खर्च गरेर कति समयमा तोकिएको जिम्मेवारी पुरा गर्ने भन्ने कार्यतालिका समेटिएको छ,’ अधिकारीले भने, ‘पञ्चवर्षीय योजना बनाउन दाता र सम्बन्धित मन्त्रालय सहभागी भएका छन् । यसलाई कार्यन्वयन निकायको समष्टिगत कार्यक्रम भन्दा पनि हुन्छ ।’ सचिव अधिकारीका अनुसार पञ्चवर्षीय योजनाका लागि स्रोत जुटाउने र समयतालिकामा काम गर्न सम्बद्ध निकायलाई थप कार्यभार सम्हाल्न सक्ने गरि कार्यक्षमता बढाउनु पर्ने चुनौती छन् । ‘पञ्चवर्षीय याजना अपुग रकम जुटाउने सहयोगी दस्ताबेज पनि हुनेछ’ उनले भने । प्राधिकरणका अनुसार हालसम्म एक खर्ब ६० अर्ब रुपैयाँ ऋण तथा सहयोग प्राप्त गर्नेगरी दातृ निकाय र छिमेकी मुलुकसँग सहमती र सम्झौता भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: