Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पुननिर्माणका लागि आठ खर्ब ३० अर्वको बजेट घोषणा गर्दै प्रधानमन्त्री

\"kp-oli1\"काठमाडौं । राष्ट्रिय पुननिर्माण प्रधिकरणले आठ खर्ब ३० अर्ब रुपैयाँ बराबरको पुननिर्माण बजेट सहित पञ्चवर्षिय मार्गचत्र बिहीबार सार्वजानिक गर्ने भएको छ । प्रधिकरण निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय दातृ समुदायको सहकार्यमा तयार गरिएको पञ्चबर्षीय योजना उनीहरुलाई नै साक्षी राखेर सार्वाजानिक गर्न लागेका हुन । क्षति भएका आठ लाख व्यक्तिगत घर पुनार्निर्माणका लागि सरकारले दिने अनुदान रकम करिब १६ अर्बमात्र हुने छ भने पुनर्निर्माणको वार्षीक बजेट करिब एक खर्ब ५० अर्ब हुनेछ । राष्ट्रिय योजना आयोगले एक वर्षअगाडि तयार गरेको ‘विपत्पछिको आवश्यकता आकलन’ मा छुटेका विषयसमेत समेटेर पञ्चवर्षीय योजना ल्याउन लागिएको प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बताए । प्रतिवेदन अनुसार गत वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका चार सयभन्दा बढी पराकम्पले सात खर्ब ६ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षेति गराएको थियो । पुनर्निर्माण र पुनास्र्थापनाका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने अनुमान प्रतिवेदनले गरेको थियो । ‘त्यसमा एक बिलियन अमेरिकी डलर बढेको छ,’ सचिव अधिकारीले भने । भूकम्पबाट क्षति भएका २१ वटै क्षेत्र समेटिएको पञ्चवर्षीय कार्ययोजना पुनर्निर्माणको मार्गचित्र हुने विश्वास गरिएको छ । ‘कुन निकायले कति रकम खर्च गरेर कति समयमा तोकिएको जिम्मेवारी पुरा गर्ने भन्ने कार्यतालिका समेटिएको छ,’ अधिकारीले भने, ‘पञ्चवर्षीय योजना बनाउन दाता र सम्बन्धित मन्त्रालय सहभागी भएका छन् । यसलाई कार्यन्वयन निकायको समष्टिगत कार्यक्रम भन्दा पनि हुन्छ ।’ सचिव अधिकारीका अनुसार पञ्चवर्षीय योजनाका लागि स्रोत जुटाउने र समयतालिकामा काम गर्न सम्बद्ध निकायलाई थप कार्यभार सम्हाल्न सक्ने गरि कार्यक्षमता बढाउनु पर्ने चुनौती छन् । ‘पञ्चवर्षीय याजना अपुग रकम जुटाउने सहयोगी दस्ताबेज पनि हुनेछ’ उनले भने । प्राधिकरणका अनुसार हालसम्म एक खर्ब ६० अर्ब रुपैयाँ ऋण तथा सहयोग प्राप्त गर्नेगरी दातृ निकाय र छिमेकी मुलुकसँग सहमती र सम्झौता भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending