Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सफा भयो दीपायलः फोहोर गर्नेलाई कारबाही

डोटी। ‘स्वच्छ र हराभरा सहर, दीपायलवासीको रहर’ भन्ने मूल नाराका साथ डोटीको पिपल्ला बजारलाई विहीबार बिहान सरसफाइ गरिएको छ । डोटी उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, पत्रकार लगायतको उपस्थितिमा सरसफाइ गरिएको हो । बढ्दो गर्मीयामसँगै देखापर्ने विभिन्न सङ्क्रमणको ख्याल गर्दै बजार सरसफाइ अभियान थालिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताए । खड्काले पिपल्ला बजार आफैमा सानो र अव्यवस्थित भएकै कारण फोहोर जथाभावी फाल्नाले विभिन्न रोगको महामारी फैलिन सक्ने र सडकमा हिँड्डुल गर्ने यात्रुलाई असहज नहोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको बताए । दीपायल सिलगढी नगरपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको पिपल्ला बजारमा क्षेत्रीय सदरमुकाम भएकै कारण विभिन्न क्षेत्रबाट मानिसको आवातजावत हुने गर्दछ । भूगोलको हिसाबले अति सानो रहेको बजार फोहोर हुँदा दुर्गन्धित बन्ने गरेको छ । अबका दिनमा बजार सरसफाइ गर्न सबैको ध्यान जाओस् भन्ने हेतुले अभियानको थालनी गरेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपक खड्काले जानकारी दिए । उनले बढीभन्दा बढी दुर्गन्धित फोहोर होटेलबाट निस्कने भएका कारण अब त्यो फोहोरलाई जथाभावी नफाल्न र व्यवस्थित गर्न सबै होटेल व्यवसायीलाई आग्रह गरे । ‘स्वच्छ र हराभरा सहर दीपायलवासीको रहर’ भन्ने नाराका साथ थालिएको सरसफाइ अभियानले अन्य क्षेत्रका जनतामा समेत सचेतना फैलिने डोटीका प्रजिअ केशवप्रसाद आचार्यले बताए । साथै, उनले डोटी उद्योग वाणिज्य सङ्घले गरेको कार्य सराहनीय रहेको भन्दै यसलाई निरन्तरता दिनसमेत सबैमा आग्रह गरे। पिपल्ला बजार डोटीको मुटु भएकाले अबका दिनमा फोहोर गर्नेलाई प्रहरी प्रशासनले कारबाही गर्ने भएको छ । प्रजिअ आचार्यको संयोजकत्वमा यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । बजार सरसफाइ गर्नु सबैको दायित्व भएकाले प्रत्येक नागरिक र व्यापारीले यसप्रति संवेदनशील हुन जरुरी रहेको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: