Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सफा भयो दीपायलः फोहोर गर्नेलाई कारबाही

डोटी। ‘स्वच्छ र हराभरा सहर, दीपायलवासीको रहर’ भन्ने मूल नाराका साथ डोटीको पिपल्ला बजारलाई विहीबार बिहान सरसफाइ गरिएको छ । डोटी उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपाल प्रहरी, नेपाली सेना, उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, पत्रकार लगायतको उपस्थितिमा सरसफाइ गरिएको हो । बढ्दो गर्मीयामसँगै देखापर्ने विभिन्न सङ्क्रमणको ख्याल गर्दै बजार सरसफाइ अभियान थालिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताए । खड्काले पिपल्ला बजार आफैमा सानो र अव्यवस्थित भएकै कारण फोहोर जथाभावी फाल्नाले विभिन्न रोगको महामारी फैलिन सक्ने र सडकमा हिँड्डुल गर्ने यात्रुलाई असहज नहोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको बताए । दीपायल सिलगढी नगरपालिकाको मुख्य व्यापारिक केन्द्र रहेको पिपल्ला बजारमा क्षेत्रीय सदरमुकाम भएकै कारण विभिन्न क्षेत्रबाट मानिसको आवातजावत हुने गर्दछ । भूगोलको हिसाबले अति सानो रहेको बजार फोहोर हुँदा दुर्गन्धित बन्ने गरेको छ । अबका दिनमा बजार सरसफाइ गर्न सबैको ध्यान जाओस् भन्ने हेतुले अभियानको थालनी गरेको होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपक खड्काले जानकारी दिए । उनले बढीभन्दा बढी दुर्गन्धित फोहोर होटेलबाट निस्कने भएका कारण अब त्यो फोहोरलाई जथाभावी नफाल्न र व्यवस्थित गर्न सबै होटेल व्यवसायीलाई आग्रह गरे । ‘स्वच्छ र हराभरा सहर दीपायलवासीको रहर’ भन्ने नाराका साथ थालिएको सरसफाइ अभियानले अन्य क्षेत्रका जनतामा समेत सचेतना फैलिने डोटीका प्रजिअ केशवप्रसाद आचार्यले बताए । साथै, उनले डोटी उद्योग वाणिज्य सङ्घले गरेको कार्य सराहनीय रहेको भन्दै यसलाई निरन्तरता दिनसमेत सबैमा आग्रह गरे। पिपल्ला बजार डोटीको मुटु भएकाले अबका दिनमा फोहोर गर्नेलाई प्रहरी प्रशासनले कारबाही गर्ने भएको छ । प्रजिअ आचार्यको संयोजकत्वमा यसअघि बसेको बैठकले सो निर्णय गरेको हो । बजार सरसफाइ गर्नु सबैको दायित्व भएकाले प्रत्येक नागरिक र व्यापारीले यसप्रति संवेदनशील हुन जरुरी रहेको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending