Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

सुरक्षित कार्यस्थलको नारासहित नर्सहरु उत्रिए र्यालीमा

\"Rss_Images_1463032715802_NN_ktm_160512_IMG_1454\"काठमाडौं । अन्तर्राष्ट्रिय नर्सिङ दिवस ९मे १२० को अवसरमा आज राजधानीमा बृहद् ¥याली एवम् प्रभातफेरिको आयोजना गरियो । सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको ¥याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टँुडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ । ‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा’ नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ । मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ । त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रुपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हँुदै आएका छन् । नेपालमा नसिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुनेगर्छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको सङ्ख्या उल्लेखनीय रहेको छ । लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयम्सेवीका रुपमा कार्य गर्न बाध्य रहेको नेपाली नर्सिङ परिषद्को भनाइ छ । निजी क्षेत्रका अस्पतालले न्यूनतम एक वर्षको कार्यअनुभव भएकालाई मात्र रोजगारी दिने गरेकाले पनि अनुभव हासिल गर्नका लागि स्वयम् सेवा गर्नुपर्ने नर्सलाई बाध्यात्मक अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रमा नर्सिङ क्षेत्रलाई हेर्ने नीति अझै सकारात्मक बन्न नसकेको गुनासो रहँदै आएको छ । नेपालको जनसङ्ख्या एक करोड भएको अवस्थामा सृजना गरिएको दरबन्दी अझै विस्तार हुन नसकेकाले नर्स विदेसिन बाध्य रहेको नेपाल नर्सिङ सङ्घका पूर्वअध्यक्ष सरला केसी बताउँछिन् । नर्सिङ पेसालाई स्वास्थ्य सेवाको मेरुदण्डका रुपमा लिइन्छ । स्वदेशमा मात्र नभएर विश्व बजारमा समेत यो पेसामा रोजगारी पाइने हुँदा पनि यो पेसालाई आकर्षक मानिन्छ । ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई पनि सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: